लक्ष्मी परियारको मृत्यु प्रकरण: तीनजनालाई थुनामा राख्न आदेश



बनेपा: काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश चेतनाथ ढकालको इजलासले थुनछेक बहसका क्रममा सो आदेश दिएको अदालतले जनाएको छ। सो प्रकरणमा पक्राउ परेका सूर्योदय निम्नमाध्यमिक विद्यालयका शिक्षक हिरा लामा, उनकी आमा काइली तामाङ, मृतककी श्रीमान् मिलन परियारलाई थुनामा राख्न आदेश दिइएको हो । गत मङसिर २० गते लक्ष्मी परियारको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध विभिन्न ऐनअनुसार १८ वर्ष कैद दाबी गरिएको छ । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.