प्रतिपक्षी दलहरुको बिरोधसभा स्थलमा खैलाबैला कसले पठायो ड्रोन ? अयोजकले यसरी पारे स्पष्ट



२२ पुस, काठमाडौं । संविधान संसोधनको विरोधमा नेकपा एमालेसहित नौ प्रतिपक्षी दलले अहिले काठमाडौंको भृकुटीमण्डपमा जनसभा गरिरहेको छ । कार्यक्रम भइरहेको स्थलमाथि आकाशमा एउटा ड्रोन उडिरहेको छ । आकाशमा ड्रोन देखिएपछि उपस्थित दलका कार्यकताहरुको ध्यान केहीबेर त्यतै केन्द्रित भयो । त्यसपछि कार्यक्रम उद्घोषण गरिरहेका एमाले सचिव प्रदिप ज्ञवालीले भने, हामीले देखिरहेका छौं आकाशमा ड्रोन उडिरहेको छ, यो सुरक्षा निकायको हो त्यसैले सहज रुपमा लिइदिन आग्रह गर्दछौं । काठमाडौंमा अहिलेसम्मकै एतिहासिक जुलुस निस्किएकाले सुरक्षकर्मीले फोटो लिन खोजेको पनि उनले उल्लेख गरे ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.