आफ्ना सहयोगीसँग लसपस भएको भन्दै राज्यमन्त्रीले लिइन् महिला प्रहरीको हुर्मत


काठमाण्डु, १ माघ– शिक्षाराज्यमन्त्री धनमाया विक खनालले आफ्नो सुरक्षामा खटिएकी महिला प्रहरीमाथि उनकै सचिवालयमा कार्यरत पुरुषले यौन हिंसा गरेको भन्दै सञ्चार माध्यममा समाचार आएकामा आपत्ति जनाएकी छन् । उनले महिला प्रहरीले आफ्ना सहयोगी पुरुषमाथि लगाएको आरोपको प्रतिवाद गरिन् । उनको अंगरक्षकले नै यौन हिंसामा परेको भन्दै उजुरी गरेपछि यो विषय बाहिर आएको हो । सुरक्षाकर्मी ती महिलाले मन्त्रीका सहयोगी धनकुटाका माओवादी कार्यकर्ता किरण राईले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी छन् । मन्त्रालयभित्रै सुरक्षाकर्मी महिला र उनका सहयोगीको अस्वाभाविक सम्बन्धबारे चर्चा हुन थालेपछि विकले कार्यकक्षमा बेलाएर दुवैलाई सोधपुछ गर्दा महिलाले आरोप लगाएकी हुन् । राज्यमन्त्री विकले सहमतिमा जे पनि हुने र असमझदारी बढेपछि पुरुषलाई फसाउन महिलाहरुले गलत आरोप लगाउने गरेको जिकिर गरेकी छन् । उनले महिला प्रहरीको व्यवहार ठीक नभएको रिपोर्ट प्रहरी मुख्यालयमा गरिसकेकी छन् भने महिला प्रहरी उनको पछि हिंड्न छाडिसकेकी छन् । उनले आफू मन्त्री पदमा बसुन्जेल सञ्चार माध्यमका प्रतिनिधिसँग कुरा नगर्ने जिकिर गरिन् । काठमाण्डु टुडेको एक प्रश्नमा विकले सञ्चार माध्यमले आफूले बोल्दै नबोलेका कुरा लेखेको दाबी गरिन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.