उपत्यकामा वर्षकै चिसो : शनिबारको तापक्रम शून्य दशमलव चार डिग्री

काठमाडौ : पश्चिमी वायु नेपाल प्रवेशसँगै शनिबार उपत्यकाको तापक्रम बर्षकै चिसो हुदाँ जनजीवन कष्टकर बनेको छ। उपत्यकामा शनिबार शून्य दशमलव चार डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौ उपत्यकामा शुक्रबार १.२ डिग्री सेल्सियस तापक्रम कायम भएको थियो। पश्चिमी वायुको प्रभाव पर्नु, पानी र हिमपात हुनुले तापक्रम ह्वात्तै माइनसमा झरेको मौसमविद् सुदन सुवेदीले जानकारी दिए।
शनिबार नेपालमै सबैभन्दा बढी चिसो जुम्लामा हुदाँ यहाँ माइनस आठ डिग्री सेल्सियस रह्यो। डडेलधुरा र ताप्लेजुङ्गमा एक डिग्री सेल्सियस रही उपत्यका भन्दा कम जाडो भएको छ। न्यूनतम तापक्रम घट्ने क्रममा भएकाले जाडो बड्न सक्ने अनुमान विभागले गरेको छ। गत वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो।
उपत्यकाको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सीयस रहयो भने सबै भन्दा बढी तापक्रम विराटनगरमा २१.७ डिग्री सेल्सीयस रहयो। काठमाडौ उपत्यकामा ३५ प्रतिशत ओसिलोपन भएको छ। उच्च हिमाली भेगमा हिमपातको क्रम पनि जारी रहेकाले चिसो आइतबार पनि कामय रहन सक्ने अनुमान विभागले गरेको छ। पश्चिमी वायु नेपाल प्रवेश गर्दा अघिल्लो बर्षको तुलनामा तापक्रम घटेको छ।
जल तथा मौसम विभागको तथ्यांकअनुसार हिउँदयामको सुरुमै न्यूनतम ४.४ डिग्री तापक्रम पुगेको थियो। साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोप) को दुई महिनाअघि भुटानमा सम्पन्न सम्मेलनले नेपालको मौसमको पूर्वानुमान गरेको थियो।
सम्मेलनले नेपालमा हिउँदे वर्षा पश्चिम र सुदूरपश्चिममा बढी हुने तथा पूर्व र मध्यमाञ्चलमा कम वर्षा भए पनि ओसिलो हुँदा जाडो बढ्ने अनुमान मौसमविद्को छ। ओसिलो बढी हुँदा तुवाँलो र बादलले आकाश ढाक्ने भएकाले चिसो झन बढ्ने छ। पश्चिमी वायुको प्रभाव आइतबारसम्म कायम रहने र क्रमश मौसममा सुधार आउने महाशाखाले जनाएको छ।
मङ्सिर, पुस र माघसम्म जाडो सिजन भएकाले सिजनकै क्रम भएकाले पनि बढी चिसो अनुमान गरेको छ। पश्चिमी वायुको असरका कारण साँझदेखि देशको पश्चिमी क्षेत्रका पहाडी भेगमा सामान्य बदली हुनुका साथै केही स्थानमा सामान्य बर्षा हुने सम्भावना छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.