'छक्का पन्जा'पाइरेसी काण्ड:‘छक्का पञ्जाले गर्दा कृष्ण सुवेदीको ज्यान गयो !



२९ पुस, काठमाडौं । नेपाली फिल्मको इतिहासमा नै एक सय दिन मनाउन सफल फिल्म छक्का पन्जाको पाइरेसी भएपछि अहिले युटुबमा भाइरल बनेको छ ।हास्य कलाकार दीपकराज गिरी मार्फत नै फिल्म प्रदर्शनमा लैजाने क्रममा आरपी भट्टराईको छोरा मार्फत फिल्म पाइरेसी भएको थियो । भट्टराईका छोराले फिल्म कपी गरेर साथीहरुलाई बाँडेका थिए । रातारात फिल्म युटुबमा सार्वजनिक भएपछि साथी मध्येका नवलपरासी कावासोती घर भएका २३ बर्षे कृष्ण सुवेदीले शेयर गरेका थिए । शेयर गरेको पत्तो पाएपछि दिपकराज गिरी र आरपी भट्टराईको छोरा सहित सुवेदीबीच मिलापत्र भएको अपराध अुसन्धान महाशाखाले बताएको छ । काठमाडौंमा चावहिलस्थिति विजय चोक बस्ने सुवेदीले छक्का पन्जा युटुबमा भाइरल भएपछि मनौबैज्ञानिक दबाबमा परेर आफ्नै कोठमा झुण्डिएर आत्महत्या गरेका प्रहरीले अनुसन्धाले देखाएको छ । गौशला प्रहरी वृत्तका डिएसपी नवराज कार्कीले झुण्डिएको अवस्थामा सुवेदलाई फेला पारेको बताए । उनका अनुसार आज नै सुवेदीका बुबा आमाले शब बुझिसकेका छन् । युटुबमा छक्का पन्जा भाइरल बनेपनि मनावैज्ञानिक प्रेसर थेग्न नसकेर सुवेदीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धाले देखाएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.