आज मिती २०७३ साल पुस २६ गते मङ्गलबारः– हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल


१९३८,विक्रसम्वत २०७३ साल पौष २६ गते मङ्गलबार, नेपाल सम्बत ११३७ पोहेलाथ्व,सन् २०१७ जनवरी १० तारिक शुक्लपक्ष त्रयोदशी तिथि राती ९ वजेर ३७ मिनेटसम्म, मृगशिरा नक्षत्र राती ५ वजेर ४ मिनेटसम्म, शुक्लयोग, कौलवकरण, आनन्दादियोग राक्षस, सूर्य धनु राशीमा,चन्द्रमा साँझ ५ वजेर ४९ मिनेटसम्म वृष उप्रान्त मिथुन राशीमा ।
मेषः– प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । समयमा सचेत भएर काम गर्नु होला । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । घरमा सुख शान्ति कम मिल्नेछ । आम्दानी भन्दा नोक्सान बढि हुनसक्छ ।
वृषः– मन वचन र कर्मले लाग्नु होला अवस्य सफल हुनुहुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग आज पनि देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुने छ ।
मिथुनः– काम गर्दा विभिन्न झमेला आइलाग्ने छन् । काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावश्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा पनि मन्दि आउनेछ ।
कर्कटः– गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्ने छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला सधै समयले साथ दिने छैन ।
सिंहः– आत्मविश्वास बढ्ने छ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि मिल्ने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ ।
कन्याः– आजको दिन पनि आफ्नो लागि भन्दा अरुको लागि बढि हुनसक्छ । समयमा भने सामान्य सुधार आउने छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ ।
तुलाः– समयले कम साथ दिएको देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउने छ । वृश्चिकः– व्यापारबाट सामान्य लाभ हुने छ । नयाँ सम्भावना पनि देखिन्छ । समयमा काम गर्न सक्नु भएन भने आएको अवसर पनि गुम्ने छ । प्रेममा थोरै सफलता मिल्नेछ । विदेश यात्राको योग देखिन्छ ।
धनुः– कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक काम गर्नु होला । आज गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।
मकरः– अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन ।
कुम्भः– पेट पोल्ने छ । काम गर्ने जोश,जागर पनि घट्न सक्छ । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्ने छ । पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न ।
मिनः– आज गरेका काम अधिकाँश सफल हुने देखिन्छ । कुनै काम गर्न पनि पछि परिने छैन । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ । काममा ढिला सुस्ति नगर्नु होला ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.