डिजेल चोरी गर्ने गिरोहमा संलग्न दुई भारतीय पक्राउ


वीरगञ्ज : भारतबाट इन्धन ल्याउने ट्यांकरको सिल तोडेर डिजेल चोरी गर्ने गिरोहामा सक्रिय दुई भारतीयलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले डिजेल चोरी भएका तीन ट्यांकर समेत नियन्त्रणमा लिएको छ । भारत रक्सौलस्थित भारतीय आयल कर्पोरेशन (आइओसी) को डिपोबाट डिजल लिएर वीरगञ्ज आउदै गरेका ट्यांकरमा आइओसीले लगाएको सिल तोडेर तेल चोरी गरिरहेको अवस्थामा प्रहरीले ट्यांकर चालक र सहचालकलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा चालक रक्सौका ४५ बर्षीय रामसिपाही पण्डित र सहचालक २० बर्षीय कृष्ण कोहार रहेका छन् ।
रक्सौल वीरगन्ज सीमामा रहेको मितेरी पुलस्थित दशगजा क्षेत्रमा शुक्रबार ट्यांकर पार्किङ गरी सिल तोडेर ट्यांकरबाट ग्यालेनमा डिजेल झार्दै गरेको अवस्थामा प्रहरीले पण्डित र कोहारलाई पक्राउ गरेको हो ।
अन्य दुई ट्यांकरका चालक र सहचाकल भने सशस्त्र प्रहरीलाई देखेर भागेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
सशस्त्र प्रहरीले डिजेल चोरी भएको ना १ ख ६२९४, ना १ ख ४३७७ र ना २ ख २०८ नम्बरको ट्यांकर पनि नियन्त्रणमा लिएको छ । ना १ ख ४३७७ नम्बरको ट्यांकर चालक रक्सौल घर भएका कृष्ण कुमार र ना २ ख २०८ नम्बरको ट्यांकरका चालक वीरगञ्ज घर भएका कसैली कुमार भने फरार रहेको जोशीले बताए । फरारको खोजी भइरहेको र पक्राउ परेकामाथि अनुसन्धान अघि बढेको प्रहरीले जानकारी दिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.