आज मिती २०७३ साल माघ १ गते शनिवार:- हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायणं शिशिर ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८,विक्रसम्वत २०७३ साल माघ १ गते शनिवार नेपाल सम्बत ११३७ पोहेलागा,सन् २०१७ जनवरी १४ तारिक कृष्णपक्ष द्वितीया तिथि अपरान्ह २ वजेर ५८ मिनेटसम्म, अश्लेषा नक्षत्र राती १ वजेर ३२ मिनेटसम्म, प्रीतियोग, गरकरण, आनन्दादियोग मानस, सूर्य मकर राशीमा,चन्द्रमा राती १ वजेर ३२ मिनेटसम्म कर्कट उप्रान्त सिंह राशीमा ।
मेषः– आर्थिक उन्नतिका मार्गमा अवरोध आउने देखिन्छ । अरुको काम गरेर जश कम मिल्नेछ । मनमा शान्ति मिल्ने छैन । गर्ने खोजेका कममा विभिन्न खालका समस्या आउने छन् ।
वृषः– काममा विलम्ब नगर्नु होला आफैलाई पछुतो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । अधिकाँश कामबाट लाभ पनि लिन सकिने छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला ।
मिथुनः– अस्थिरताले अनिष्ट निम्त्याउनेछ,धैर्यता पूर्वक काम गर्नु होला । अरुलाई वचन दिने काम नगर्नु होला । आर्थिक कारोवार सकेसम्म नगर्नु होला दिएको धन डुब्न सक्छ । आस्था र विश्वास गुम्ने छ ।
कर्कटः– दिन सामान्यतया अनुकुल देखिन्छ । इच्छाएका काम गर्न सकिनेछ । आफन्तबाट सहयोग पाईनेछ । व्यापर व्यवसायबाट आम्दानी सन्तोषजनक नै होला । स्वतन्त्र व्यापार फलदायी देखिन्छ ।
सिंहः– अनावस्यक क्षेत्रमा धन खर्च हुनसक्छ सचेत रहनु होला । गरेका काम आफ्ना लागि भन्दा अरुका लागि बढि हुने देखिन्छ । विबादमा नफस्नु होला घाटा हुनेछ । व्यापारमा हानी नोक्सान हुन सक्छ ।
कन्याः– दिन अनुकुल छ अवसर गुमाउने काम कहि कतैबाट नहोस् । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुने छ । एउटा कामको टुङ्गो नलागि आर्को काममा हात नहाल्नु होला ।
तुलाः– समयले साथ दिने देखिन्छ । काम गर्न सके दाम र नाम दुर्व आर्जन गर्न सकिने छ । कुनै पनि क्षेत्रबाट आफुले सोचे जस्ता लाभ भने नहुन सक्छ । सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ ।
वृश्चिकः– भाग्यले थोरै साथ दिनेछ । परोपकारी काम हुनेछन् । आस्था र विश्वास बढ्नेछ । आफ्नो कामले विस्तारै गति लिनेछ । परिवारिक सुख थोरै मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।
धनुः– आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा लगानी बढ्न सक्छ । मानसिक चिन्ता बढ्ने छ । लेनदेन कारोवारमा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।
मकरः– कुनै काम गर्नु छ भने गरिहाल्नु होला पछि गरौला भनेका काम साचिने छन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम सफल हुने छन् । लोभ मोह बढ्ने छ । आफुले चाहेको भोजन मिल्ने छ ।
कुम्भः– मुद्धा मामिलामा विजया हात लाग्ने छ । प्रतिश्पर्धात्म काम सफल हुने छन् । मिलेर भन्दा एक्लै गरेका काम बढि सफल होलान् । व्यापारमा क्रमिक सुधार आउने छ । आर्थिक उन्नति होला ।
मिनः– विचार पूर्वक काम गर्नु होला । काममा आलटाल गर्दा पछि परिने छ । पठन पाठन कार्यमा पनि आफुले सोचे जस्तो सफलता मिल्ने छैन । आत्मविश्वासका साथ काममा लाग्नु होला ।
;“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, । “

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.