मधेशी नेतामाथि भीम रावलको हमला : बिदेशीको भात खादै संशोधनको कुरा गर्नेलाई जेल हाल्नुपर्छ



काठमाडौँ– एमालेका उपाध्यक्ष भीम रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव रोक्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौमा रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा रावलले संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे वर्तमान सरकारको औचित्य समाप्त हुने सेमत बताए ।
उपाध्यक्ष रावलले भने,
–संविधान सभाको दोस्रो निर्वाचनमा मोहन बैद्यहरु निर्वाचनमा नजाँदा पनि चुनाव रोकिएन ।
–अहिले आएर दुईचार जना मेधेशका ठालु नेताले भन्दैमा निर्वाचन रोकिदैन, अब प्रचण्डले तत्काल मिति घोषण गुर्नपर्छ, संविधान सभाको निर्वाचन गरेजस्तै अहिले पनि निर्वाचनमा जानुको विकल्प छैन्, यदि निर्वाच नगरे देश द्धन्द्वमा जान्छ ।
–संविधान संशोधन निर्वाचन गर्नका लागि आवश्यक छैन ।
–मोर्चाका नेताहरुलाई तराइ मधेशका जनताप्रति विश्वास छ भने आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान सक्नुपर्छ ।
–संसारमा कहि पनि संविधानसभाबाट संविधान बनेपछि ताजा जनादेशमा नगई संशोधन भएको उदाहरण छैन ।
–हामीले एकपल्ट संशोधन गरिसक्यौँ अब निर्वाचमा जाऔँ अनि ताजा जनादेशअनुसार आवश्यक कुराहरु गरौँला ।
–यदि मधेशी नेताको हिम्मत छ भने, आउनुस् चुनावमा जाऔ, मधेसमा हाम्रो पार्टीले ४० सिट जितेको हो ।
– निर्वाचनका लागि सरकारलाई एमाले पूर्ण रुपमा सहयोग गर्न तयार छ ।
मधेसी मोर्चाका नेताले तपाईँलाई जेल हाल्नुपर्छ भनिरहेका छन् भन्ने सञ्चाकर्मीको जिज्ञासामा रावलले जवाफ दिदै भने,‘जेल त तिनलाई हाल्नुपर्छ, जसले देश घात गरिरहेका छन्, विदेशी दुतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा ल्याइरहेका छन्, नेपालको कानुनले तिनलाई जेल हाल्नुपर्छ यदि सरकार छ र सरकारले हिम्मत गर्छ भने तिनलाई जेल हालोस् ।’
नेता रावलले नेपालकै प्रधानमन्त्री होलान् भनेर देशका लागि चासो व्यक्त गरेँ तर उल्टै मधेसी मोर्चालाई प्रयोग गरेर म विरुद्ध झुटको खेती गरिरहेका छन् । गएको पुस १९ गते पटनामा सिके राउत, ज्वाला सिंह, गोहित, केही पत्रकारहरु लगायतले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा आँच आउने गरी छलफल गरेको सूचना आफुले थाह पाएपछि प्रधानमन्त्रीलाई खवर गरेको पनि बताए ।
उनले मधेसी मोर्चाका पराजित नेताहरुले जनताबाट पराजित भएपछि विदेशी दुतावासमा गई भात खाएर मधेसको कुरा गरेको आरोप लगाए ।
उनले सुन तस्करीलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप समेत लगाए । पहिला संविधान विद्येयक संसदमा टेबुल भएपछि निर्वाचनमा जाने भने अहिले टेबुल भएपछि परिमार्जनको कुरा गरिरहेका छन् परिमार्जनबाट के आर्जन गर्न खोजेको हो प्रस्ट छैन । संसदमा कुनै पनि हालतमा विद्येयको बिषयमा छलफल गर्न नहुने जिकिर गरे ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.