मधेशी पार्टीप्रति आक्रामक ओलीले भने–अव मधेश अभियानको फोटो ड्रोनले भ्याउँदैन, स्याटेलाइटबाट खिच्नुपर्छ

काठमाडौं–शुक्रवार राजधानीमा भएको शक्ति प्रर्दशनमा एमाले अध्यक्ष केपी ओलीले सरकार र मधेशी मोर्चाबाट जोडदार हमला गरेका छन् ।
उनले काठमाडौंको शक्ति प्रर्दशनमा धरै सहभागीता रहेको इंगित गर्दै यसको तस्वीर ड्रोन क्यामाराले लिएको र अव तराई–मधेशमा चल्ने अभियानको तस्वीर ड्रोनले नभ्याउने भएकाले स्याटेलाइटबाट लिनुपर्ने बताए ।
ओलीको भने 
–सविधान जारी भएको छ, तर कार्यान्वयन भएको छैन ।
–कार्यान्वयका लागि निर्वाचन हुनुपर्छ ।
–तोकिएको समयमा चुनाव भएन भने सवैधानिक संकट आउँछ । त्यसमा हामी गम्भीर छौँ ।
–निर्वाचन गराउनका लागि ११ महिना पनि बाँकी छैन ।
–अहिलेको सरकारलाई निर्वाचनको चासो छैन । आयु लम्ब्याउनमा लागेका छन् ।

–अनुचित चासोका लागि निर्माण भएको सरकार हो । कुनै सरोकार नभएका विषय सविधान संशोधन गराउन चाहेका छन् ।
–अहिले प्रस्ताव गरिएको संशोधनले निर्वाचनलाई कहि पनि सहयोग गर्दैन ।
–हिजो सविधान जारी गर्न नदिनेहरु, सविधान जलाउनेहरु, च्यात्नेहरु सविधान संशोधन माग गरिरहेका छन् ।
राष्ट्रपतिको समक्ष पनि यो सविधान संशोधनको पक्षमा सर्वोच्चको आदेश आएको भन्छन् ।
–सविधान संशोधनको नाममा तासको पत्ता पछारे जस्तै गरेका छन् ।
–सविधानको धारा ६, ७ र ११ ८६ र २८७ र अनुसुची चार संशोधन गर्ने भनेको छ ।
–मैथली, भोजपुरी, अवधीलाई समाप्त पारेर हिन्दी भाषालाई ल्याउने षड्यन्त्र भएको छ ।
हिन्दी भाषा आयो भने सबभन्दा पहिले मैथली र भोजपुरीलाई प्रभाव पर्छ ।
–विहान आएका दुल्हीले दिउँसो झण्डा फरहाएर घर फर्कन्छ भन्ने कुरा सुनिहाल्नुभयो ।
–अन्तराष्ट्रिय परम्परमा पनि माथिलोसभामा प्रदेश प्रदेशबाट आउँछन्, जनसँख्याको आधारमा आउँदैन । तर, नेपाललाई गज्यामज्यागमा पारेर विभाजन गर्न खोजेका छन ।
–सविधान संशोधन गर्नुपर्छ, आवश्यकता र औचित्यको आधारमा हुन्छ ।
-जनताको प्राप्त गरेका अधिकार उपभोग गर्न यो संशोधन प्रस्ताव आएको छैन ।
-प्रधानन्यायधिशले सल्लाह दिनुभयो रे–संशोधन प्रस्ताव अगाडि बढाउनु हुन्छ । त्यो प्रधानन्यायधिशको कुरा होइन, सर्वोच्चको कुरा होइन ।
–प्रचण्डले गैरजिम्मेवारी अभिव्यक्ति दिदैछ ।
–यो देशभक्तिको आन्दोलन हो ।
–देशलाई समृद्धिको बाटोमा डोर्याउन यो आन्दोलन हो ।
-तराईवासी जनता पनि यो आन्दोलनमा आएका छन् ।
-तराईको नाममा राजनीतिक गरि दुनु सोझ्याउनेहरु यो सभामा तराईवासीको सहभागिता हेरोस् ।
-मधेशी दलले ११ सीट जितेका छन् एमालेले ४० सीट जितेको छ ।
–फागुनमा तराई अभियान लिएर जाँदैछौँ । यो कार्यक्रमको फोटो ड्रोनले खिच्यो रे, मधेश अभियानको फोटो स्याटेलाइटबाट खिच्नुपर्छ ।
–अब तराईका जनतालाई अलमल्याउन पाइदैन ।
–एमालेले राष्ट्रहितलाई तलमाथि हुन दिँदैन ।

अरु नेताले चाहिँ के भने 
शक्ति प्रदर्शन कार्यक्रममा आफ्नो धारणा राख्दै एमालेका महासविच इश्वर पोखरेलले भने,
–हामी देशभक्त हौं
–देशको विरोधमा उभिनेलाई कुनै पनि हालतमा छोड्ने वाला छैनौ
–हाम्रो लडाई संविधानको पक्षमा हो
–यो लडाई संसदमा जारी छ
–देशभक्तहरुको जीत सुनिश्चित छ
–प्रचण्ड र शेरवहादुर देउवाले हिन्दी भाषालाई कामकाजको भाषा बनाउन चाहेका छन्
–अंगिकृतलाई देश प्रमुख पदमा बसाउन चाहन्छ
–हामी त्यो हुन्न दिन्नौ
–संविधान विपरित ल्याएको संशोधन प्रस्ताव संसदमा प्रवेश हुन दिन्नौँ
धोती लगाएर सत्तामा बस्नेहरु धेरै कराउँदैछन् : पाशवान
दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले भने,
–संविधान जारी हुँदैन भन्दै थियो तर तीन दलको सम्झदारीमा आयो ।
–सत्ता लम्ब्याउन प्रचण्ड लाग्नुभएको छ तर एक दुई दिनपछि सिधिदैछन् ।
–हामी अखण्ड नेपाल चाहन्छौ, विखण्डन चाहँदैनौ ।
–प्रचण्डले अरुको इशारामा खुट्टा कमाइरहेका छन् ।
–अतिवादको जालमा शेरबहादुर, पशुपति शम्शेर राणा र प्रचण्ड फँसेका छन् ।
–धोती लगाएर सत्तामा बस्नेहरु विभेद भयो भनेर धेरै कराउँदैछन् ।
–धोती लगाएर कराउने र टोपी लगाएर कराउनेहरु एक छन् ।
‘भारतले गिद्धे दृष्टि लगाए सुगौली सन्धीको हिसाब किताब माग्छौ’
राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक नेपाल) का सांसद शिवलाल थापाले भने,
–राष्ट्रघाती संशोधन प्रस्ताव पेस गरेकै दिनदेखि हामी आन्दोलनमा छौ
–लैनचौरमा तयार गरेर १४ गते राती दर्ता गरेको छ संशोधन प्रस्ताव दर्ता गरियो
–संशोधनमा सबै राष्ट्रघाती कुरा आएको छ
–भारतको परराष्ट्रनीति नेपालको नीति बनेको छ
–मुलुक नै विखण्डन ल्याउने किसिमको यो संशोधन आएको छ
–प्रदेशसभाबाट सिमांकन टुगों लगाउने भनेको छ, त्यसैले प्रस्ताव फिर्ता लिनुस्
–प्रचण्डले नैतिकताको हिसाबले राजिनामा दिनुपर्ने
–यो सरकारको आयु धेरै लामो छैन
–भारतले नेपालमाथि गिद्धे दृष्टि लगाउँछ भने सुगौली सन्धीको हिसाब किताब लिन्छौ
–अब हामी चुप लागेर बस्दैनौ
–प्रचण्डले नेपाललाई सिकिमीकरण गर्न खोजेका छन्
मधेशी दलले मधेशलाई सत्तामा जाने भर्याङ्ग बनाएको छ–ढकाल
परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने,
–सरकारले गैरसंवैधानिक तरिकाले संशोधन प्रस्ताव पेस गरेको छ
–राष्ट्रिय अखण्डताको विरुद्धमा संशोधन प्रस्ताव ल्याएको छ
–सरकारले मनपरी गर्यो भने ठीक ठाउँमा ल्याउन जनता तयार छ
–चार नम्बरबाट मधेश र पहाडलाई छुट्याउने काम गरेको छ, त्यो सहन सकिँदैन
–सीमांकनको विवाद प्रदेशसभाले मिलाउने हो
–आजको यो जनप्रर्दशन राष्ट्रिय एकताका लागि हो
–मधेशी दलहरु बहुसंख्यक जनताको पक्षमा हिजो थिएनन् र आज पनि छैन
– उनीहरुले सत्तामा जाने भर्याङ बनाएका छन् मधेशलाई
–यो संशोधन प्रस्ताव मधेशको विरोधमा पनि छ
–संविधान संशोधनको विरोधमा छैनौ तर अहिलेको तत्कालिन अवस्था के हो त्यो गर्नुपर्छ
–पहिलो संशोधनबाट नै मधेशी जनताले आफ्नो अधिकार पाइसकेको छ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने,
–मुलकका जनतालाई एमालेलगायतका नौ दलले भरोसा दिइरहेका छन् ।
–हामी संविधान बनाएर कसैको केही बिगारेका छैनौ ।
–संविधान जारी भएपछि नेपाली जनताले पाँच महिनाको नाकाबन्दीको समस्या झेल्नुपर्यो ।
–सत्ताधारीले बुझे हुन्छ, ग्राण्ड डिजाइन सफल हुन दिँदैन ।
–अहिले चार नम्बरबाट पाँच नम्बर अलग गर्यो भोली अरु किन अलग गर्न सक्दैनौँ भन्ने छन्
–गणतन्त्रले देशलाई टुक्राटुक्रा बनाएर अरु देशमा मिसाउन चाहेको छैन ।
–राष्ट्रियताको सौदावाजी गरेर सत्तामा जानेको अनुहार पनि देखियो ।
–भारतलाई आग्रह गर्न चाहन्छौ, नेपालमाथि हस्तक्षेप नगरौं ।
–भारतीय जनतासँग कुनै टक्कर छैन, भारतीय शासकसँग छ ।
–प्रचण्डले नेपाली जनताको कलेजो काटेर उता बुझाउन चाहेका छन्, त्यो अब सम्भव छैन ।
–झापा छुटाए मात्र चुनावमा जाने भनेका छन्, मधेशी मोर्चाका नेताहरु ।
–यी जनताको लागि होइन सब सत्ताका लागि गरेका छन् ।
–पाँच नम्बर प्रदेश टुक्राउन हुँदैन भने जनता महिनौदेखि लडिरहेका छन् ।
–नेपालको अखण्डतामाथिको गिद्धेदृष्टि हामीलाई स्वीकार्य छैन
मजदुर किसान पार्टीका नेता एवं सांसद प्रेम सुवालले भने,
–यो संशोधनले अंगिकृतको संख्या बढाउनेछ
–यो संशोधनले हिमाल र पहाडलाई राष्ट्रसभामा कम प्रतिनिधित्व गराउने रणनीतिमा आएको छ
–भारतीय रअका आर के यादवले आफ्नो पुस्तकमा तराई मधेशलाई नेपालबाट अलग पार्ने उल्लेख गरेका छन् ।
–प्रदेश नम्बर दुईलाई हिमाल र पहाडसँग जोड्नुपर्छ
–संशोधन प्रस्ताव संविधान अनुकुल नभएका कारण हामी आन्दोलनमा छौ
–काँग्रेस–माओवादी भारतको पिछलग्गु भएका छन्
–यो संशोधन गर्नका लागि कुनै प्याकेजमा सहमति गर्नुहुँदैन
–राजदूत रञ्जितले दिवा भोज दिएर संशोधन प्रस्ताव पारित गर्न भने
–भारतको शासकको योजनामा आएको विधेयक कुनै पनि हालतमा पारित हुँदैन
–स्थिर सरकारका लागि कार्यकारी राष्ट्रपति हुनुपर्छ
–हामीले पनि संशोधन प्रस्ताव राखेका थियौँ तर हाम्रो किन पारित भएन ?
–भारतीय हस्तक्षेप बन्द गर ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले भने,
–संविधान रोक्नका लागि छिमेकी दुतहरु आएका थिए
–संविधान जारी भएरै छाड्यो
–अब संविधान कार्यान्वयन हुनेछ भनेर सोचेका थियौँ तर भारतले फेरि खेल्न थाल्यो
–भारतले नेपाल सार्वभौममुलक देश हो भन्ने तर नेपालको संविधानलाई विरोध गर्यो
–नेपाललाई बाध्य पार्नका लागि भारतले नाकाबन्दी गर्यो
–भारतका नरेन्द्र मोदीले देश विदेशमा गएर नेपालको संविधान बारेमा गलत सूचना दिए
–नाकाबन्दी फिर्ता भएपनि भारतले संशोधनका लागि दिएका सातवटा बुँदा फिर्ता भएन
–भारतले नेपाललाई स्वतन्त्र भन्दै हस्तक्षेप गरिरहेको छ
–भारतले नेपालाई फिजिकरण गर्ने, सिकिमीकरण, भुटानीकरण गर्ने जस्ता काम गर्न थालेको छ
–प्रदेशसभाको सहमति बेगर सीमांकन हेरफेर गर्न सक्दैन भन्ने संविधानमा उल्लेख छ
–प्रदेशसभाको अधिकारलाई मिच्ने काम गरिरहेको छ
–यो संविधान संशोधन प्रस्ताव गैरसवैधानिक छ
–सर्वोच्चले १८ गते जुन आदेश दिएको छ, शक्तिपृथकीकरणका कारण संसदमा बहस नगर्न भन्न सक्दैन
–प्रदेशसभाको अधिकार मिचेर संविधान संशोधनको प्रस्ताव आइरहेको छ, त्यसलाई हामी स्वीकार गर्दैनौँ

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.