सेल्फी खिच्न सौखिन हुनुहुन्छ ? सावधान ! मानसिक अस्पताल पुग्नुहोला


आजको युगमा सेल्फी शब्द कुनै नौलो होइन । सबैको हातमा स्मार्टफोन हुने भएकाले हामीमध्ये लगभग सबैले सेल्फी लिएका छौं । तर जोसुकैले पनि आवश्यकताभन्दा बढि सेल्फी लिने शौख छ भने अब सावधान हुने बेला आएको छ । किनभने यस्ता व्यक्तिलाई तुरुन्त मानसिक अस्पताल लैजानुपर्ने आवश्यकता देखिन सक्छ । यद्यपी, डाक्टरले यस्तो रोगलाई औपचारिक रुपमा कुनै नाम दिएको छैन तर आम बोलीचोलीको भाषामा यसलाई ‘सेल्फीसाइड’ नामांकरण गरिएको छ ।
  डाक्टरका अनुसार सेल्फीसाइड बिरामीलाई तत्काल उपचारको आवश्यकता पनि पर्नसक्छ
 भारतका दुई ठूला अस्पताल– एम्स र सर गंगाराम अस्पतालमा पछिल्ला तीन महिनामा सेल्फीसाइडका ६ बिरामीको उपचार गरिएको जीन्यूजले बताएको छ । यी बिरामीलाई लगातार सेल्फी लिने बानी थियो जब यो लत रोगमा परिवर्तन भयो यी व्यक्तिहरुको उपचार गर्नुपर्यो । एम्स अस्पतालका डाक्टरका अनुसार जुन बिरामीको उनीहरुले उपचार गरे उनीहरुलाई लगातार सेल्फी लिने बानी थियो र उनीहरुले सेल्फी खिचेर सोसल मिडियामा सेयर गर्ने गर्दथे । यस्ता बिरामीमा ‘बडि डिस्मर्फिक डिस्अर्डर’ पाइन्छ जुन पछि ‘अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर’ मा परिवर्तन हुने गर्दछ । एङ्जाइटी एण्ड डिप्रेसन असोसियसन अफ अमेरिकाका अनुसार बीडीडी (बडी डिसमर्फिक डिस्अर्डर ) का शिकार मानिसहरु आफ्नो शरिरको कुनै न कुनै अंगको विषयमा खुसी हुँदैनन् र उनीहरु पूरा दिन थुप्रै घण्टा आफ्नो यहि कमीबारे सोचिरहन्छन् । थुप्रै पटक यो कमी काल्पनिक पनि हुने गर्दछ र सेल्फी मननपरेका कारण उनीहरु आफ्नो शरिरको विभिन्न अंग जस्तै नाक, कान, ओठ, कपाल, छालाको रङमाथि टिकाटिप्पणी गर्न थाल्छन् । बीडीडी पछि गएर ओसिडी (अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर) मा पनि परिवर्तन हुन सक्छ । डाक्टरका अनुसार ओसिडी एक एक प्रकारको मानसिक रोग हो जसमा मानिसहरुलाई कुनै न कुनै कुराको लत लाग्ने गर्दछ । उदाहरणका लागि यस्तो रोगले ग्रस्त मानिसहरुले आफ्नो सेल्फी खिचिरहन्छन् जबसम्म उनीहरुलाई आफ्नो फोटो मनपर्दैन । ओसिडीले ग्रस्त मानिसहरुले दिनमा सयौं फोटोसमेत खिच्ने गर्दछ । दिल्लीको अस्पतालमा उपचार गराएका सेल्फीसाइड बिरामीहरु ओसिडीले ग्रस्त थिए । यी बिरामीहरुले पटक पटक आफ्ना सेल्फी सोसल मिडियामा पोष्ट गर्ने गर्दथे र त्यसमा लाइक र कमेन्टको प्रतिक्षा गर्ने गर्दथे ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.