मिटरब्याज प्रकरणमा डीआइजी सिलवाललाई सर्वोच्चको सफाइ


काठमाडौं : सर्वोच्च अदालतले प्रहरी नायव महानिरीक्षक (डीआइजी) नवराज सिलवालविरुद्ध परेको रिट खारेज गरेको छ ।
बुधबार रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले रिट खारेज गरेका हुन् । सागर थापाले डीआइजी सिलवाल मिटर ब्याजी भएको, आफ्ना बाबुलाई बिना कारण बैंकिङ कसुरमा थुनामा राखेको आरोपसहितको रिट दायर गरेका थिए ।
उनले आफू र आफ्नो परिवारलाई धम्की, यातना र धरपकड नगर्न नगराउन अन्तरिम आदेश माग गरेका थिए ।
थापाका बाबु गुनबहादुर हाल भिमफेदी कारागारमा छन् । सिलवालले प्रहरी महानिरीक्षक (आइजीपी)मा वरियता मिचेर नियुक्त गरेको भन्दै रिट दर्ता गरेकै दिन गत सोमबार थापा सिलवालविरुद्ध सर्वोच्च पुगेका थिए ।
सरकारले गत आइतबार तेस्रो वरियताका डीआइजी जयबहादुर चन्दलाई आइजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई भने सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। सिलवाल नेपाल प्रहरीको पहिलो वरियताका डिआइजी हुन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.