नेमकिपाको कार्यक्रम विथोल्न खोज्ने मधेसी मार्चाका नेता कार्यकर्ता पक्राउ


सप्तरी, २८ माघ । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघको राजविराजमा भएको दोस्रो राष्ट्रिय अधिवेशन बिथोल्न खोज्ने मधेसी मोर्चाका दुई दर्जन नेता–कार्यकर्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिसकुमार सिंह, सद्भावना पार्टीका ३ नम्बर क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, कैलु रामलगायत नेता–कार्यकर्ता छन् । संघको उद्घाटनसत्र सुरु हुनैलाग्दा नारा–जुलुससहित पुगेका मधेसी मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोर्चाका कार्यकर्ताहरुले संघको ब्यानर र झन्डा च्यात्दै मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेविरुद्ध नाराबाजी गर्न थालेपछि कार्यक्रम स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.