फिल्म हलबाटै लखेटी लखेटी हत्या गर्ने अभियुक्त ७ वर्षपछि पक्राउ

काठमाडौं, २८ माघ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी मोरङ्ग वयरवन गाबिस–७ बस्ने ४४ वर्षीय जयराज संयोग लिम्बुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार सुनसरीको इटहरीबाट पक्राउ गरेको छ ।
ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतको २०६६ भदौ १ गतेको फैसलाले लिम्बुलाई ५ बर्ष कैद हुने ठहर भएकोमा कैद बेरुजु रही हालसम्म फरार रहेका थिए ।
२०५३ माघ ११ गते मोरङ्ग बयरबन गाबिस–७ स्थित सांग्रिला हाइभिजन चलचित्र हलभित्र सिनेमा हेर्दै गरेका शेखर राईसँग झगडा भएपछि राईलाई हलबाट बाहिर निकाल्न लगाई लिम्बु समेतले लखेटदै लगि सोही ठाउँस्थित आलुबारीमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि कोशी अंचल अस्पताल र वि.पि. मेमोरियल अस्पताल धरानमा राईको उपचार गरिएको थियो ।
पक्राउ परेका प्रतिबादी लिम्बुलाई फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झुम्का, सुनसरीमा पठाइएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.