मन्दिरभित्र पसेको भन्दै दलितलाई ५ हजार जरिवाना

रामेछाप, २३ माघ । रामेछाप जिल्ला बेतालीका एक दलितले मन्दिरभित्र पसेको निहुँमा ५ हजार जरिवाना तिर्नु परेको छ । बेताली गाविस वडा नम्बर ३ का कृष्ण कुमार बिश्कर्माले सोहि गाविसमा रहेको सेरकाली मन्दीरमा पसेको आरोपमा सो जरिवाना तिर्नुपरेको हो ।
बिश्वकर्मा मन्दिरमा पसेपछि पुजारी छत्रबहादुर बुढाथोकी लगायतका मानिसहरुले चोख्याउनु पर्छ भनि मन्दिरमा रुद्री लगाई ५ हजार जरिवाना तिराएका हुन् ।
माघ २२ गते शनिबार मन्दीरमा पुजा गर्न जादा मन्दीर भित्र पसेको र पुजारीहरु बिच हल्ली खल्ली भएपछि पुजारीहरु दलित मन्दीरमा पसेको भन्दै पुजा नगर्ने भनि मन्दीरवाट बाहिर निस्कीएको पीडित कृष्ण बहादुर बिश्वकर्माले बताए ।
मन्दीर चोख्याउन भन्दै रुद्री लगाएपछि मात्रै अरु मानिसलाई पुजा गर्न लगाएको बेताली गाविसका प्राबिधिक बाबुराम घिमिरेले बताए । मन्दीर जस्तो ठाउमा आफुमाथी अमानबिय ब्यवहार भएको भन्दै यसका बिरुद्र जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिने पिडित बिश्वकर्माले बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.