सिके राउत पक्राउको स्वतन्त्र मधेश गठबन्धनद्वारा विरोध

२० माघ, काठमाडौं।
सिके राउतलाई प्रहरीले पक्राउ गरेपछि उनको संगठन ‘स्वतन्त्र मधेश गठबन्धन’ले विज्ञप्ती निकाल्दै विरोध जनाएको छ। राउत पक्राउ परेको फोटो सहित पठाइएको विज्ञप्तीमा प्रहरीले राउतका परिवारलाई त्रसित पार्दै जबरजस्ती पक्राउ गरिएको भन्दै विरोध गरिएको छ।
गठबन्धनका सहसंयोजक कैलाश महतोले जारी गरेको विज्ञप्तीमा जनकपुरको माछा बजारमा रहेको डेराबाट ताल्चा फुटाएर प्रहरीले पक्राउ गरेको भन्दै सरकारलाई मानवअधिकार र वाक स्वतन्त्रताको सम्मान गर्न भनिएको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.