सिके राउतमाथि राजद्रोहको अभियोग, विस्तृत अनुसन्धान गर्ने प्रहरी प्रमुखको प्रतिबद्धता


काठमाडौं— खुलेआम तराईका जिल्लामा राष्ट्र विखण्डनका गतिविधि गर्दै आएका सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अभियोगमा पक्राउ गरेको छ। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट पक्राउ राउतका एक एक गतिविधिको अनुसन्धान गरिने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताएका छन्। 'राउतलाई राज्यविरुद्धको अभियोगमा पक्राउ गरिएको हो', महानिरीक्षक अर्यालले नागरिकन्युजसँग भने, 'प्रहरीले उनका एक एक गतिविधिको अनुसन्धान गरी कानुनी कारवाही अघि बढाउनेछ।' राउतलाई राज्यविरुद्धको अभियोगमा पक्राउ गरिएको हो', महानिरीक्षक अर्यालले नागरिकन्युजसँग भने, 'प्रहरीले उनका एक एक गतिविधिको अनुसन्धान गरी कानुनी कारवाही अघि बढाउनेछ।' राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै आएका राउतलाई प्रहरीले बिहीबार किरब ३ बजे पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयले सिराहाले पक्राउका लागि जिप्रका धनुषालाई पत्र पठाएपछि धनुषा प्रहरीले राउतलाई पक्राउ गरेको हो। राउत पक्राउ गर्न जनकपुरको पुरानो बसपार्क नजिकै रहेको राउतको डेरामा प्रहरी टोली पुगेको थियो। गत माघ ५ गते सिके राउतले लहानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै तराईलाई नेपालबाट छुट्याउनु पर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। पशुपति आदर्श उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा भएको सो कार्यक्रममा उनले नेपालको राष्ट्रिय अखण्डताविरुद्ध भड्किलो अभिव्यक्ति दिएका थिए। उनी तराईलाई अलग पार्न सशस्त्र सेना तयार पार्ने अभियानमा काम गर्दै अाएका थिए। दाहाल सरकारले उनका विखण्डनकारी गतिविधिलाई देखेको नदेखै गरेको थियो। माघ ५ को सार्वजनिक अभिव्यक्तिपछि राउतलाई छुट दिएको भन्दै विपक्षी नेताले संसदमा समेत सरकारको अालोचना गरेका थिए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.