गाउँनिकला काण्ड : ८१ वर्षिय बृद्धसँग आमाको मिलाप, छोरा छोरीको विलाप

गुल्मी – गत शनिवार गुल्मीको अर्वेनीमा दुई वेग्ला वेग्लै दृश्य देखियो । एकातिर वाजागाजाका साथ विवाहको रौनकमा खुसी हुँदै एक महिला र पुरुष रमाउँदै थिए भने अर्को तिर त्यसै गाउँ नजिकै उनै महिलाका पूर्व पति र उनका स–साना छोरा–छोरीको विचल्ली थियो ।
गत वर्ष भूकम्पले घर भत्काई दिएर अर्कैको घरमा आश्रय लिनु परेका अर्वेनी ६ का ७० वर्षीय चन्द्रकान्त न्यौपानेकी ४३ वर्षीया सवित्रा न्यौपाने श्रीमति स्थानीय ७८ वर्षिय लालबहादुर सुनारसँग त्यस दिन लगन गाँठो घर भित्रिँदै थिइन् ।

चन्द्रकान्त राम्रोसँग बोल्न सक्दैनन् । अहिले श्रीमतीले पनि छाडेर गएपछि उनका छोराछोरीको विचल्ली भएको छ । चन्द्रकान्तको साथमा १५ र ११ वर्षीय छोरा छन् भने ७ वर्षीया छोरी रहेका छन् ।
भूकम्पले घर भत्काईदिएपछि अर्कैको शरणमा बस्दै आएका चन्द्रकान्तको श्रीमतीलाई छिमेकीले नै भगाइदिएपछि तनावमा छन् ।

छिमेकी भगवती न्यौपानेका अनुसार उनको जेठो छोरा काठमाडौँमा रोजगारी गर्दै पढ्ने गरेका छन् । १५ वर्षका माईलो छोरा बिनोद स्थानीय भगवती माविमा कक्षा ८ मा, ११ वर्षीय धर्मगत कक्षा ६ मा र छोरी ७ वर्षिय कृति कक्षा २ मा पढ्छन् ।
अति विपन्न परिवार भएकै कारण तिनै जना छोराछोरीलाई विद्यालयले स्कूलको लुगासहित अध्ययन सामाग्री निःशुल्क सहयोग गरेको छ ।
‘विहान सा“झ के खाने भन्ने ठूलो समस्या छ’, भगवतिले भनिन्, ‘आमा हिंँडेपछि केही छाक मैले खुवाए“, धेरै काम गर्न सक्दैन्, आफु र केटाकेटी पाल्न समस्या नै ठूलो भयो ।’
भगवति बाहेक चन्द्रकान्तका भतिजा चिन्तामणीले पनि छोराछोरीको रेखदेख गर्ने गरेका छन् । भूकम्पले घर भत्काईदिएपछि बास विहिन बनेको परिवार अर्वेनी ५ का धर्मगत न्यौपानेको घरमा आश्रय लिएर बस्दै आएको छ ।

उनको घर भुकम्प पीडितको सूचीमा पनि छैन । घर भत्केपछि अहिलेसम्म कुनै राहत पनि पाएका छैनन् । उनको पुरानो घर अर्वेनी ६ बोझा गाउ“मा थियो । गाउँमा उनको खेती गर्न योग्य डेढ रोपनी जग्गा मात्र छ ।
केटाकेटी कसरी पाल्ने मात्र चिन्ता भन्दा पनि श्रीमति नजिकै अन्य जातका छिमेकीले बिहे गरिदिएकोमा बढी चिन्ता चन्द्रकान्तलाई भएको स्थानीय कमल न्यौपानेले बताए ।
उनको आवाज राम्रोसंग बुभ्mन सकिंँदैन् । ‘समाजले अलि टाढा राखिदिएको भए हुन्थ्यो भन्ने उनको चिन्ता छ’, कमलले भने, ‘आमनेसामने भैरह“दा निकै समस्या भएको छ ।’ उनीहरु दुई परिवारको घरको दुरी १५ मिनेटको पैदल यात्रामा छ । चन्द्रकान्तको खरबारीमा लालबहादुरको घरछेउबाटै जानुपर्ने भएकाले मंगलबार नै दुईजना कुटाकुट गरेको उनले बताए ।
लालबहादुरको परिवार गाउ“बाटै धपाईएको भन्दै पुर्नस्थापनामा बाजागाजा सहित अर्को घर बनाएर भित्र्याएर समाजले न्याय गरेपनि चन्द्रकान्तको परिवारमा झन् ठूलो समस्या थपिएको गाविस सचिव भोजबहादुर रानाले बताए ।
‘एकातिर घर उजाडिएको छ’, उनले भने ‘अर्कातिर जमाईएको छ । आमाको साथ नपाएर विचल्लीमा परेका उनका छोरा छोरीलाई सहयोगको प्रयास भइरहेको उनले बताए ।
११ वर्षिय छोरा धर्मागतले घरमा खाने खर्च नहु“दा चिन्तामणी न्यौपानेको घरमा गएर खाने गरेको बताए । ‘कहिलेकांही खानेकुरा केही हु“दैन’, उनले भने, ‘हामी चिन्तामणी अंकलकोमा जान्छौं, बा भोकै सुत्नुहुन्छ ।’ दाई बिनोद विद्यालय छुट्टी भएको बेला अर्काकोमा मेलामा जाने र बाबु मजदुरी गरेको पैसाले चामल किन्ने गरेको उनले बताए ।
उता, प्रेम सम्बन्ध खुलेपछि पुष १ गते गाउ“बाटै धपाईएका अर्वेनी ५ का लालबहादुर सुनार र साबित्रा न्यौपाने बिच अधिकारकर्मी र स्थानीय समाजले नै धुमधाम बाजागाजाका साथ शनिवार दोस्रो विवाह गराइदिएर पुर्नस्थापना गरेका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.