Flash News: आयल निगमले ग्यासको मूल्य बढायो राति १२ बजेदेखि लागू हुने

१९ माघ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको आज बसेको बैठकले प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाउने निर्णय गरेकाे निगमका प्रवक्ता भानु खनालले जानकारी दिए ।
‘आइओसीले पठाएको नयाँ मूल्य बढेर आएको र निगमलाई धेरै घाटा भएकाले मूल्य बढाइएको हो , खनालले भने, यसअघि प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा घाटा थियो, अहिले मूल्य बढाउँदा पनि प्रति सिलिण्डर १ सय ६२ रुपैयाँ ९१ पैसा घाटा छ ।’
मूल्य बढेपछि एक सिलिण्डर ग्यासको मूल्य १ हजार ३ सय २५ रुपैयाँ रहेकोमा अब १ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने प्रवक्ता खनालले बताए ।
निगमलाई डिजेलमा पनि प्रतिलिटर ३ रुपैयाँ १७ पैसा घाटा रहेको उनले जानकारी दिए । डिजेल र पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.