संविधान संशोधनलाई थाती राखेर चुनावमा जान हुँदैन : बाबुराम

विराटनगर, माघ १९ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधन संशोधन प्रक्रियालाई थाती राखेर चुनावमा जान नहुने बताएका छन् ।

बुधबार विराटनगरमा नयाँ शक्ति पार्टी मोरङ जिल्ला परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले मधेसी, जनजाति आदिवासीको भवनालाई अहिलेको संविधानले सम्बोधन गर्न नसकेको भन्दै संविधान संशोधनको प्रक्रियालाई थाती राखेर अघि बढ्न नसकिने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सबै जनताको स्वीकार्य संविधान बनाउन तत्काल संविधान संशोधन गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
संविधान संशोधन गरेपछि सहमतिमा राज्य, प्रदेश र स्थानीय तहको पुनःसंरचनाको टुंगो सहमतिबाटै गर्नुपर्ने उनको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.