बार्सिलोनाका लागि मेसी र सुवारेज फेरि नायक बन्दा …

२० माघ, काठमाडौं।
गोल गर्ने प्रतिस्पर्धामा समेत सँगसँगै रहेका बार्सिलोनाका लियोनेल मेसी र लुइस सुवारेजले फेरि टिमलाई उपाधि नजिक पुर्याएका छन् । कोपा डेलरे कपको सेमिफाइनलको पहिलो लेगमा चिरपरिचित प्रतिद्वन्द्वी एथलेटिको म्याड्रिडलाई २–१ गोलले पराजित गर्दा सुवारेज र मेसीले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा सुवारेजले एथलेटिकोका मध्य र रक्षापंक्तिका खेलाडीलाई जिल्याउँदै उत्कृष्ट गोल गरे । ३३ औं मिनेटमा मेसीले पनि डिएरियाबाहिरबाट उस्तै सानदार गोल गर्दा पहिलो हाफसम्म बार्सा २–० अघि रह्यो ।
५९ औं मिनेटमा एथलेटिकोको लागि एन्टोनी ग्रिजम्यानले हेडिङमा निक्कै छरितो गोल गरेर अग्रतालाई कम पारे । त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि एथलेटिको मैदानमा भएको पहिलो लेगमा बार्साले २–१ गोलको जित दर्ता गर्यो । यी दुई टोलबीच बार्सिलोनाको मैदानमा आउँदो मंगलबार सेकेण्डलेग हुनेछ ।
बार्सिलोना, एथलेटिको मध्ये एक र सेल्टाभिगो र एलाभेसमध्येबाटै फाइनल खेल्ने पक्कापक्की भएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.