ऊर्जा मन्त्री शर्मा कुलमानलाई राति १२ बजे सोध्छन् -यतिखेर तपाई कहाँ हुनुहुन्छ’



ऊर्जा मन्त्री जनार्धन शर्माले राति १२ बजे नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई फोन गरेर छड्के चेक गर्ने गरेको बताएका छन्। बिहिबार दोलखामा प्रशारण लाइनको सुरू गर्न पुगेका मन्त्री शर्माले अधिकांश समय घिसिङको तारिफमा खर्चिएका थिए। ‘म राति १२ बजे कुलमानलाई फोन गरेर सोध्छु यतिखेर तपाईँ कहा हुनुहुन्छ भन्दा उहाँ कहिले सव स्टेसन त कहिले भार प्रेशण केन्द्रमा पुगेर काम गरिरहेको जानकारी दिनुहुन्छ। यसरी रात दिन खटेर काम गरेकै कारण देश लोडसेडिङ मुक्त भएको हो,’ उनले भने। घिसिङको रातदिनको मेहनतको फल आज हामी लोडसेडिङमुक्त भएर असुलिरहेका उनले बताए। यस्तै कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले घिसिङलाई प्राधिकरणमा ल्याउन निकै संघर्ष गर्नुपरेको बताए। ‘राम्रा मान्छे ठीक ठाउँमा पर्‍यो भने नतिजा पनि ठीक हुन्छ,’ दहालले भने,’ कुलमानलाई यस ठाउँमा ल्याउन मलाई धेरै संघर्ष गर्नुपरेको थियो।’ राम्रो र मेहनती मान्छेको फल हामी अहिले भोगिरहेका प्रधानमन्त्रीले बताए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.