खानेपानीको विषयको विवाद झडपमा परिणत, खुकुरी प्रहारबाट एकको मृत्यु

८ फागुन, डडेल्धुरा।
डडेल्धुराको कोटेलीमा खानेपानीको विषयलाई लिएर भएको विवाद झडपमा परिणत हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोटेली–१ न्वाघरका ३७ बर्षीय शेरबहादुर साउद रहेका छन् ।
विवाद बढ्दै गएपछि स्थानीय भीमवहादुर भुलले साउदमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका साउदको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँउमा लामो समयदेखि खानेपानीको विषयमा विवाद हुँदै आएको थियो ।
आइतबार विहान झडपले उग्ररुप लिदा पनि स्थानीय प्रशासनले समयै मिलाउने पहल नगर्दा एक जनाको ज्यानै गएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.