'हिन्दुधर्म र हिन्दुराज्यका विषय बोल्दै हिड्ने होइन' यसरी फरक ढंगले उठाए पूर्वराजाले हिन्दुराज्यको विषय

८ फागुन, चितवन।
पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुधर्म र हिन्दुराज्यका विषयमा वोल्दै हिड्नुभन्दा पनि मनमा राख्नुपर्ने विषय भएको वताएका छन् ।

फाइल तस्बिर

तराईका विभिन्न जिल्लाको भ्रमणमा रहेका शाहले चितवनको नारायणी नदी किनारमा जारी विराट गोरक्ष महायज्ञमा अभिनन्दन र पूजाअर्चनापछि संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै हिन्दुराज्य र धर्मका विषयमा सवैले मनमा राख्नुपर्ने विषय भएको वताएका हुन ।
राजनीतिक विषयमा भने उनले कुनै प्रतिक्रिया दिएनन् ।
उनले सो महायज्ञमा गौपूजा समेत गरे । पत्नी कोमलका साथ आएका पूर्वराजा शाहले सो स्थानमा हिन्दु र वौद्ध धर्मका अनुयानीहरुले संयुक्त रुपमा गरिरहेको यज्ञमा होम समेत गरे ।
दुईदिन अघि वारावाट चितवन आएका पूर्वराजा शाह आज पुन पूर्वी तराईतर्फ लागेका छन् । चितवनमा रहदा उनले केही राजावादी र शुभेच्छुकहरुसंग भेटघाट गरेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.