चुनाव घोषणा गर्ने सरकारको निर्णयलगत्तै मधेसी मोर्चाको बैठक बस्दै, आन्दोलन चर्काउने तयारी


काठमाडौं, ८ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज अपराह्न बस्दैछ ।
आज विहान कांग्रेस र माओवादी केन्द्रले भोलि सोमबार चुनावको मिति घोषणा गर्ने निर्णय गरेलगत्तै अब कसरी अगाडि बढ्ने विषय तय गर्न बैठक बस्न लागेको नेता केशव झाले बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा अपराह्न ५ बजे बस्न लागेको बैठकमा सरकारले चुनावको मिति घोषणा गरे कसरी अगाडि बढ्ने, संविधान संशोधन प्रस्तावमा के गर्ने भन्ने टुंगो लगाउनेछ ।
मोर्चाले यसअघि चुनाव घोषणा गरेकै दिनदेखि आन्दोलनमा जाने चेतावनी दिइसकेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.