राम–लक्ष्मणको गुनासो : नेपालमै मेसिन छ, विदेशीलाई ताकियो (भिडियो)

काठमाडौँ – युवा वैज्ञानिक दाजुभाई रामलक्ष्मण रिमाल र केबी भण्डारीद्वारा उत्पादित विद्युतीय भोटिङ मेसिन बुधबार राजधानीमा प्रदर्शन गरिएको छ ।
राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले विद्युतिय भोटिङ मेसिनको प्रदर्शन गरेका हुन् । पत्रकार सम्मेलनमा उनीहरुले आफ्नो उत्पादन निर्वाचनमा प्रयोग गर्न योग्य रहेको भएपनि सरकारले विदेशबाट मेसिन ल्याउन खोजेको भन्दै असन्तुष्टि जनाए ।
विद्युतीय मेसिनको प्रदर्शन गर्दै उनले सरकारले विदेशबाट ल्याउने भनिएको मेसिनको तुलनामा आफूहरुले उत्पादन गरेको मेसिन लागतमा सस्तो र प्रयोगमा सजिलो भएको दाबी गरे ।
पत्रकार सम्मेलनमा रामलक्ष्मणले विगत ७ वर्षदेखि नेपालमा हुने मतदान प्रक्रियालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदानमैत्री र छिटोछरितो बनाउनको लागि यन्त्रको नेपालमै उत्पादन गरी ५० बढी निर्वाचन सम्पन्न गरिसकेको बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.