अमेरिकी भिसाको लागि दुतावासले सामाजिक सञ्जालको पासवर्ड माग्ने

२६ माघ, एजेन्सी ।
भविष्यमा अमेरिकाको भिसा आवेदनसंगै आवेदकले आफ्नो सामाजिक सञ्जालका पासवर्ड पनि दिनुपर्ने भएको छ।
अमेरिका भिषाको लागी अमेरिकी दुतावासले भविष्यमा आवेदकको फेसबुक तथा ईमेलको पासवर्ड माग्न सक्ने अमेरिकाका ‘होमल्याण्ड सेक्युरीटी’ सचिव जोन केलीले बताएका छन् । आवेदकको सम्पुर्ण परिवेश थाहा पाउन र आफ्नो राज्यको सुरक्षाको लागी दुतावासले भविष्यमा यस्तो कदम चाल्ने उनले बताए ।
‘यो प्रक्रिया विशेषगरि मुस्लिम बाहुल्यता भएका देश इरान, इराक, लिविया, सोमालिया, सुडान, सिरिया र यमन लगायतका देशहरुका लागी मात्र यस्तो विचार अघि सारिएको थियो । अब हामीले यो कदम अन्य देशका लागी पनि अघि बढाउनेछौ’, उनले भने । आवेदकको सामाजिक सञ्जालका पासवर्डसहित अन्य विवरण मागिने उनले बताए ।
‘यदि यी सात राष्ट्रका व्यक्तिले अमेरिका जान चाहे भने, तिनीहरुले कुन वेवसाईट प्रयोग गर्दछन् सबै दुतावासले चेक जाँच गर्नेछ । त्यसपछि मात्रै आवेदकले भिषाको लागि आवेदन दिन सक्नेछन् । यदि आवेदकले यस्तो प्रक्रिया अपनाउन चाहेनन् भने उनीहरु अमेरिका छिर्न पाउने छैनन्,’ उनले भने ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.