ओलीले फहराएको ‘ठूलो झण्डा’ १० दिनमै गायब !

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दिनअघि माइतीघर मण्डलामा फहराएको नेपालकै ठूलो भनिएको राष्ट्रिय झण्डा हटाइएको छ । हाल माइतीघरमा झण्डा फहराउनको लागि प्रयोग भएको डण्डीमात्रै रहेको छ ।
शहीद दिवसको अवसरमा नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा ओलीले फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको थियो ।
युवा समाजकी प्रवक्ता रेखा शाहले झण्डा च्यातिएपछि नयाँ राख्ने गरी मंगलबार त्यहाँबाट हटाइएको रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार समाजका अध्यक्ष नारायणप्रसाद ढुंगानाले नै सो झण्डा हटाएका हुन् । सोहि ठाउँमा शुक्रबार पुन झण्डा फहराइने उनले बताइन् ।
१० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा करिब आठ किलो वजनको रहेको थियो । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको थियो ।
स्मरण रहोस्, सो झण्डा फहराइँदा ओली अभिनित चलचित्र ‘रातोसूर्य’ को छायांकन गरिएको थियो ।
ओलीले फहराएको झण्डा 

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.