चार्ल्स शोभराज समाउने एसएसपी महाशाखाको बागडोर सम्हाल्न आइपुगे


२०६१ सालतिर बिकनी किलरले परिचित चार्ल्स शोभराज नेपाल आएका थिए। उनले काठमाडौंको एक पत्रिकालाई अन्तर्वातासमेत दिन भ्याएका थिए। नेपाल प्रहरीले आफ्नो बारेमा केही थाहा नपाउने र थाहा पाएपनि उम्किन सकिन्छ भन्ने भ्रम उनमा थियो। अन्तर्वाता पढेर तत्कालिन जिल्ला प्रहरी कार्यालय काठमाडौंका डिएसपी गणेश केसी र दिनेश अमात्य उनलाई समात्न उनकी बसेकै सोल्टी होटल पुगे। चार्ल्स शोभराज ती नै उनले जसले २०३२ सालमा भक्तपुरको मनोहरामा क्यानेडियन नागरिक अमान्र्ड क्यारियरको बलात्कारपछि हत्या गरेका थिए। त्यसपछि फरार भएका उनी एकै पटक ६१ सालतिर काठमाडौं आएका थिए। पछि अदालतले शोभराजलाई सर्वस्वसहित जन्मकैदको सजायँ सुनायो । बिकनी किलर शोभराजलाई समात्न सोल्टी पुगेका २ जना डिएसपीमध्ये अहिले गणेश केही केहिदिनअघि मात्र डिआइजी भएका छन। अमात्य भने अपराध महाशाखाको बागडोर सम्हाल्न आइपुगेका छन्। २०४६ साल माघ १९ सालमा प्रहरी सेवामा प्रहरी निरीक्षकबाट प्रवेश गरेका अमात्य यसअघि महाशाखा हाँकिसकेका पुष्कर कार्की र सर्वेन्द्र खनालका ब्याजी हुन्। टिकापुर घटनामा एसएसपी मारिएपछि हेडक्वाटरले उनलाई त्यहाँ खटाएको थियो। त्यसअघि ७ वर्षपहिले काठमाडौंमा भएका ३२ वटा उच्चतहका व्यक्तिहरुको घरमा भएको डकैतीको पनि अमात्यले अनुसन्धान गरेका थिए। डिआइजी जयवहादुर चन्द, एआइजी विश्वराजसिंह शाही लगायतका घरमा डकैती भएको थियो। डकैती भएको १५ दिन भित्रमा उनले मुख्य योजनाकार खुडेँ भन्ने गगन लगायतकालाई समातेका थिए। गगन अहिले जेलमा नै छन्। तराईमा सशस्त्र समूहले आतंक मच्चाइरहेको बेला उनले धनुषा, बाँके, सप्तरी लगायतका जिल्ला चलाएका थिए। सप्तरी र बाँकेमा सशस्त्र समूहका नाइके लगायत दर्जनौं कार्यकर्ता उनले पक्राउ गरेका थिए। धनुषामा उनको कार्यकालमा सशस्त्र समूहका ३ जना नाइके इन्काउन्टरमा परेका थिए। अपराध महाशाखाको नेतृत्व सम्हाल्न आइपुग्नु भएको छ, इन्काउन्टरले निरन्तरता पाउँछ भन्ने प्रश्नमा एसएसपी अमात्यले त्यो परिस्थितिले जन्माउने बताए। यसअघि एसएसपी कार्की चरी र खनाल घैंटे इन्काउन्टर गरी चर्चामा आएका थिए। 'हामी जीवनदान दिन आएका होइनौं, अपराधी र गुण्डानाइके समात्न जादाँ फुर्ति लाउँछ, आक्रमण गर्छ भने सुटआउट गछौं ।' महाशाखाको पदवहालीपछि सेतोपाटीसँग कुरा गर्दै अमात्यले अपराध नियन्त्रण र अनुसन्धानमा अझै ध्यान दिइने बताए। कार्की र खनालले गरेका कतिपय कामलाई निरन्तरता दिने भन्दै एसएसपी अमात्यले पूराना केशहरु उल्टाउने बताए। अपराध र अपराधीसँग कुनै संझौता नगर्ने भन्दै उनले अपराधीहरुलाई कानुनी दायरामा ल्याइ छाड्ने प्रतिबद्धता जनाए। मेरो कार्यकालमा काठमाडौं उपत्यका गुण्डाहरु र अपराधीको संरक्षणस्थल नबन्ने उनले दाबी गरे। 'चार्ल्स शोभराजजस्ता कुख्यात अपराधि समाउने मै हुँ' उनले भने, तराईमा सशस्त्र समूह निर्मूल गर्ने पनि मै हुँ अब अरु अपराधीहरुलाई संरक्षण देला भनेर कसैले नसोचेपनि हुन्छ।' अपराधीहरुले संरक्षण पाउने गरी म काम गर्दिन उनले भने सजायँ गर्नेहरु सजायँको भागिदार बन्नैपर्छ। मसल्स देखाएर कसैले डर, धाक, धम्की दिने सपना नदेखे हुन्छ, उनले भने। पछिल्लो समय आर्थिक अपराध बढेको भन्दै त्यसमा आफ्नो विशेष ध्यान दिने उनले सुनाए। महिलाहरुमाथि हुने गम्भिर अपराध नियन्त्रणमा पनि केही कदम चालिने उनले बताए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.