सडक खन्दा जमिनमा गाडिएको पैसा भेटियाे पैसा खोज्नेको भीड

२५ माघ, काठमाडौं । जावलाखेलमा सडक खन्ने क्रममा पैसा भेटिएको छ । डोजरले सडक खन्ने क्रममा पुराना सिक्का भेटिएपछि पैसा खोज्न मानिसहरुको भीड लागेको छ ।
स्थानीय बासिन्दाका अनुसार माटोको भाँडोमा राखेर गाडिएका पुराना सिक्काहरु भेटिएको हो । सडकमा भेटिएको पैसा खोज्नका लागि मानिसहरु हिजोदेखि नै लागिरहेका छन् ।
खानेपानीको पाइप बिछ्याउनका लागि त्यहाँ सडक खन्ने काम भइरहेको छ । हिजो भेटिएको पैसाको भाँडो नै स्थानीयले लगेको भएपनि प्रहरीले कुनै वास्ता गरेको छैन । महत्वपूर्ण सिक्का भएपनि लामो समयदेखि पुरेकाले खिया लागेर पैसा चिन्न नसक्ने भएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.