‘बेड’मा छटपटिरहेकी सन्तमाया चेपाङमाथि अल्का अस्पतालको ज्यादती, मन्त्री गगन थापाले यसरी उद्दार गरे



काठमाडौं, २२ माघ । धादिङ पीडा–९ की सन्तमायाँ चेपाङ कलोजोमा रोग लाग्यो । तर, रोगको उपचार गर्ने हैसियत उनीसँग थिएन । उपचारको लागि गाउँबाट ऋणधन उनका श्रीमान सन्तमानले राजधानी ल्याए बीर अस्पतालको डाक्टरलाई देखाए । डाक्टरले औषधी दिए तर, औषधीले काम गरेन तीन दिन भित्रै उनको अवस्था चिन्ताजनक बन्यो । फेरी सन्तमानले श्रीमती सन्तमायालाई वीर अस्पताल ल्याए तर, वीर अस्पतालले ललितपुरको अल्का अस्पतालमा रिफर गरिदियो । भूकम्पले घरबार विहिन बनाएको चेपाङको परिवारमा अल्कामा उपचार गर्ने हैसियत थिएन । सन्तमानले गाविस सचिवसँग निशुल्क उपचारको लागि सहयोग गरिदिन याचना गरे । गाविस सचिवले सिफारिस गरिदिए । सोही सिफारिसको आधारमा स्वास्थ्य मन्त्रालयले पनि सन्तमायाँको उपचार निशुल्क गरिदिन पत्राचार गरिदियो । सन्तमायाँको उपचार हुँदै थियो । सात दिन अल्का अस्पतालमा उपचार गराएपछि उनले मन्त्रालयले दिएको पत्र बुझाए तर, कमाउ धन्दामा लागेको अल्का अस्पतालले स्वास्थ्य मन्त्रालयको पत्रलाई बेवास्ता ग¥यो । १५ हजार रुपैयाँ नभए विरामी डिस्चार्ज गर्न नदिने अडान प्रशासनले राखिदिएपछि सन्तमायाँको श्रीमान पीडामा भौतारिए ।

मन्त्रालयकाे पत्र र गाविसकाे सिफारिस 
प्रशासनका एक कर्मचारीले स्वास्थ्य मन्त्रालयको पत्रमा विरामीको आफन्तको तस्बिर हुनुपर्ने अड्को थाप्यो । सामाजिक सेवा अन्तर्गत गरिब अल्पविकसित तथा उत्पीडित जाती समुदायलाई नीजि अस्पतालले १० प्रतिशत अन्तर्गत उपचार गराउँनु पर्छ । तर, मन्त्रालयको पत्रमा समेत विरामीको आफन्तको ‘तस्बिर छाप्नु पर्ने’ अनावश्यक तर्क गरिदिएपछि उनी निकै समस्यामा परे । बोल्न समेत नसक्ने चेपाङ परिवारमा ठूलो संकट आइलाग्यो । यो संकट उनले दियोपोस्टलाई सुनाए । उनको फोनपछि हामी त्यहाँ पुग्यौँ । उनले पत्र देखाउँदै बेदना सुनाएपछि हामीले प्रशासनका कर्मचारी भेट्यौँ । प्रशासनको कर्मचारीसँग हामीले प्रश्न ग¥यौँ, ‘स्वास्थ्य मन्त्रालयले गरेको पत्रमा विरामीको आफन्तको तस्बिर किन चाहियो ?’ तर, ती कर्मचारीले जवाफ दिन नसकेपछि फेरी अर्को अड्को थापे,‘पत्र ढिला भयो समयमै आएन ।’ हामीले प्रति प्रश्न ग¥यौँ, ‘स्वास्थ्य मन्त्रालयको पत्र तयार पारेर कोहीे विरामी हुन्छ र ? यो देशमा चेपाङलाई स्वास्थ्य मन्त्रालयबाट पत्र ल्याउँन कति समस्या छ ? विरामीको उपचार हुँदै गर्दा पत्र आउँदा किन हुँदैन ?’ यी प्रश्नहरुको जवाफ दिन नसकेपछि ती कर्मचारी फेरी कतै फोन गर्न थाले । उनले फोन गरेको केही समय भित्रै अस्पताल परिसरमा ‘गुन्डाहरुको भिड’ बढ्न थाल्यो । विरामीको पक्षमा बोल्दै गर्दा त्यहाँ अनावश्यक ‘गुण्डाहरुको’ भिढ् बढ्थ्यो । निकै चर्काचर्कीको बीचमा विरामीको आफन्तलाई प्रशासनले बोलायो र भनियो,‘जति छ त्यति पैसा दिनुस् ।’ गाडी भाडा समेत नभएका उनलाई अस्पतालका कर्मचारीले ‘माफिया’ शैलीमा पैसा मागेपछि उनी झनै झस्किए । यही बीचमा हामीले स्वास्थ्य मन्त्री गगन थापालाई फोन ग¥यौँ । ‘मन्त्री ज्यु तपाईंको मन्त्रालय नीजि अस्पतालले १० प्रतिशत सामाजिक सेवा अन्तर्गत गरिबी, उत्पीडित, अल्पसंख्यकको उपचार गराउन पत्रचार गर्नु भएको रहेछ । तर, यही नीतिको वकालत गर्दा अल्का अस्पतालमा सन्तमानको डिस्चार्ज नहुने अवस्था आयो ।’ यस्तो घटना सुनेर छक्क परेका थापाले विरामीका श्रीमान सन्तमान चेपाङसँग कुरा गरे । टेलिफोन कुराकानीको क्रममा सन्तमानले मन्त्री थापालाई समस्या बेलिविस्तार लगाए । सन्तमानको पीडा सुनेर छटपटिएका थापाले टेलिफोनमा भने,‘तपाईं त्यहीँ बस्नुस् तपाईंले केहीबेर भित्र म तपाईंको उद्दार गर्छु । ढुक्क हुनुस् तपाईंसँग म छु ।’ उनले यसो भनेको केहीबेरमै सचिवालयलले सन्तमानलाई फोन ग¥यो । टेलिफोन कुराकानीकै बीचमा सन्तमानले सचिवालयलाई पनि आफ्नो समस्या सुनाए । समस्या सुनेको मन्त्री थापाको सचिवालयले केही मिनेट भित्रै अस्पताललाई निर्देशन दियो– सन्तमानको उपचार निशुल्क गरिदिनु ।’ मन्त्रीको निर्देशन पछि भने अस्पतालले बाध्य भएर उनलाई डिस्चार्ज गर्न तयार भयो । केही मिनेछ भित्रै सन्तमायाँ बेडबाट डिस्चार्ज भइन् । सन्तमान र सन्तमायाँ धादिङ तिर जाने ट्रक खोज्न लागे ।

गुण्डा पचिालन बारे यसो भन्छन् कुमार थापा 
अल्का अस्पतालका कम्पनि सेक्रेटरी राजु थापाले धादिङका सन्तबहादुर चेपाङले प्रक्रिया नपु¥याएको दाबी गरे । तर, सन्तमानले भने गाविसको सिफारिस र स्वास्थ्य मन्त्रालयको सिफारिस लिएर अस्पताल पुगेका थिए । अस्पताल परिसरमा गुण्डा परिचालनबारे आफूलाई थाहा नभएको उनले बताए । ‘हामीले गुण्डा परिचालन गरेका छैनौँ,’ उनले भने,‘यो विषयमा जति समाचार लेखेपनि केही हुँदैन ।’
सभार :दियो पोस्ट 

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.