आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हाने…

रुपन्देही।होटलमा बास बसेका प्रेमीको एसिड प्रहारबाट रुपन्देहीमा एक युवतीको मृत्यु भएको छ ।
नवलपरासी गैडाकोट ५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारको क्रममा मृत्यु भएको हो । धादङ, नौविसे १ का २८ वर्षीय सुनील कोइरालाले उनलाई राति करिब साढे १२ बजे एसिड प्रहार गरेका थिए । बिहे गर्ने प्रस्ताव राख्दा नमानेपछि प्रेमिकालाई एसिड प्रहार गरेको छन् ।इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरु हिजो बुटवल ६ मा रहेको मेरिडियन होटलमा बसेका थिए । मृतककी सानीमा ४० वर्षे देवी खरेल सहितसाँझ करिब ६ बजे होटलमा गएका थिए । होटलमा सानीमा छुट्टै र उनीहरुले छुटटै कोठा लिएर बसेका थिए ।
साँझ ९ बजे आफ्नो कोठामा गएका कोइरालाले मध्येराति एसिड खन्याइदिएका थिए । मध्येराति युवतीले चिच्याएर सहयोग मागेपछि होटल स्टाफहरुले सबै ढोका थुनेर कोइरालालाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले राति नै युवतीको उद्धार गरी बुटवलको लुम्बिनी अञ्चल अस्पताल पुर्‍याइएको थियो ।
धादिङका सुनिल कोइराला नवलपरासी गौंडाकोटकी २७ वर्षीया तुलसा सापकोटासँग विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । सुनील र तुलसा आइतबार राति बुटवल-६ स्थित मेरिडियन होटलमा सँगै बास बस्न पुगेका थिए ।कोठा नम्बर १०३ बुकिङ गरेका थिए । त्यो रात तुलसा र सुनिलले सँगै खाना खाएका थिए । खाना खाइसकेपछि उनीहरु एउटै रुममा पसेका थिए ।
राति उनीहरुवीच खटपटी भयो र सुनिलले तुलसाको शरीरमा तेजाब खन्याए । कोठामा पहिल्यै तेजाबको इन्तिजाम गरिएको देख्दा सुनिल नियोजित रुपमै अपराधको मानसिकता बोके।राति तुलसाले चिच्याउँदै गुहार मागेपछि मागेपछि होटलका स्टाफहरुले सबै ढोकाहरु बन्द गरे । र, सुनिललाई पक्राउ गर्न सफल भए । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइदिए ।
होटलको कोठा नं १०४ मा तुलसा सापकोटाकी सानीमा देवी खरेल पनि बास बसेकी थिइन् । इलाका प्रहरी कार्यालयका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको कोइरालाको वयान छ ।
तुलसाको अनुहार, टाउको, र शरीरका विभिन्न भागमा एसिड लागेको थियो ।८० प्रतिशत बढी शरीर जलेकी उनको त्यहाँ उपचार नहुने बताएपछि प्रहरीले नै युनिभर्सल मेडिकल कलेज भैरहवामा लगेको थियो । भैरहवाको अस्पतालले अबस्था गम्भिर रहेको भन्दै सामान्य मलमपट्टी गरेर तत्काल काठमाडौंमा लैजान सल्लाह दिएको थियो। उपचार सम्भव नभएपछि काठमाडौं लैजाने क्रममा प्रहरीले आफन्त खोज्ने र लैजाने तयारी गर्दै गर्दा युवतीको आज दिउँसो मृत्यु भएको छ ।
उनको शव अहिले भैरहवाको भीम अस्पतालमा राखिएको जिप्रका रुपन्देहीले जनाएको छ । युवकले आफ्नो ३ वर्षदेखिको प्रेम सम्बन्ध रहेको तर पछिल्लो समयमा युवतीले बिहे गर्न नमानेकाले एसिड खन्याइदिएको बताएका छन् । युवती एक्लै नआएपछि सानीमासहित घुम्न बोलाइको उनले बताएका छन् ।
प्रहरीले होटलमासँगै आएकी काठमाडौं-७ चाबहिल बस्ने ४० वर्षीया खरेललाई (मृतककी सानीमा) र युवक कोइराला दुवैलाई नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.