प्रचण्डको प्रस्ताव कमल थापाद्धारा ठाडै अस्वीकार

काठमाडौं, २७ माघ । सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपाका अध्यक्ष कलम थापाबीच आज वार्ता भएको छ ।
सिंहरबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा भएको वार्तामा प्रचण्डले सरकारमा आउन र संविधान संशोधन प्रक्रियामा सघाउन आग्रह गरेका थिए । तर, राप्रपा अध्यक्ष थापाले संविधान संशोधन विपक्षमा उभिने पार्टीको निर्णय सुनाउँदै केही दिनमा सरकारबाट मन्त्री फिर्ता बोलाउने चेतावनी दिएको स्रोतले बतायो ।
‘तपाईहरु हामीलाई वाइपास गरेर अगाडि बढ्नुभो । सरकारका निर्णयमा हामीसँग कुनै सल्लाह तथा जानकारी छैन,’ थापाले भने- ‘यसले सरकारमा राप्रपाको औचित्य सकिएको हाम्रो ठहर छ । केही दिनमा मन्त्री फिर्ता बोलाउँछौं ।’
उनले संविधान संशोधन विधेयकले न मधेसको माग सम्बोधन हुने र न त जनभावनालाई समेट्ने भन्दै यथास्थितीमा समर्थन जनाउन नसकिने स्पष्ट जवाफ प्रचण्डलाई सुनाएका थिए ।
यसअघि राप्रपाका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले पनि केही दिनभित्रै मन्त्री फिर्ता बोलाउने तयारी भइरहेको र सरकार जुन उद्देश्यका साथ निर्माण भएको त्यो कार्यभार नै अघि नबढेकाले औचित्य समाप्त भएको बताएका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.