निशाले काठमाडौँको ब्यस्त सडकमा स्कूटर रोकेर केटालाई थप्पड हानेपछि…

इभ टिजिंग, यानीकि सार्वजनिक स्थानमा युवतीहरुलाई जिस्क्याउनु वा मनोवल गिराउने व्यवहार गर्नु । विशेष गरी दक्षिण एशियाली राष्ट्रहरुमा रोगकै रुपमा देखिएको छ । नेपालमा पनि यो एक सामाजिक समस्याको रूपमा मौलाउदै गएको छ ।
खास गरि सार्वजनिक स्थान र बाटोमा महिला तथा युवतीहरु पुरुषहरुको सिकार हुँदै आएका छन् । मानसिक तथा शारीरिक रूपमा निकै नै नकारात्मक असर भोग्दै आएका छन् शहरका महिला तथा युवतीहरु….चाहे त्यो काम गर्ने कार्यालय होस या सार्वजनिक यातायात या बाटो मा…. !तर यस्तै एउटा घटनाले भने नितान्त फरक तर रोचक मोड लियो । एक २० बर्षीय युवतीले यस्तै हैरानी र उत्पीडनबाट स्वयम् आफैलाई बचाइनन्, पीडकलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउने आँट गरिन् । एक साँझ निशा भट्ट स्कूटरमा आफ्नो गन्तव्य तिर लाग्दै थिइन् । दरबारमार्ग आए पछि उनलाई स्कूटरमा नै सवार दुई युवाहरुले पीछा गर्न थाले । उनलाई पीछा मात्र गरेनन, उनलाई विभिन्न अपशब्द बोल्दै जिस्काउन थाले । बालुवाटार स्थित नेशनल कलेजमा सामाजिक विज्ञान विषयमा स्नातक गरिरहेकी भट्टले ति युवाहरुलाई पाठ पढाउने निधो गरिसकेकी थिईन…केवल सहि समयको पर्खाइमा थिइन् निशा… ।
अन्ततः निशाले उपयुक्त स्थान र समय पाइन् । सोह्रखुट्टेको ओरालो लागेपछि गाडीहरु रोकिए । यहि समय ठीक हुने देखेर निशाले स्कुटर रोकेर ती युवाहरु भएको ठाउँ सरासर गईन् र ती युवाहरुलाई थप्पड हानिन् ।
यो घटना नजिक रहेका ट्राफिक प्रहरीको नजरमा समेत प¥यो । निशाले वृतान्त अवगत गराएपछि ट्राफिक प्रहरीले नजिकै रहेको प्रहरी वृत्तमा तिनै जनालाई लगेर थप अनुसन्धान गर्न थाल्यो । प्रहरी सामक्ष ती केटाहरुले आफुले गल्ती गरेको भन्दै क्षमायाचना गर्न थाले । आफुहरु विद्यार्थी भएको र आफ्नो परीक्षा समेत नजिकिदै गरेको भन्दै अब उपरान्त त्यस्तो कार्य कहिल्यै नगर्ने वाचा गरे । निशाले पनि प्रहरी समक्ष आफुले गल्ती गरेको कबुल गरेपछि ती युवाहरुलाई रिहा गर्न सहमत भईन र आफ्नो गन्तव्य तिर लागिन ।
घर पुगेपछि आमालाई सबै बेलाबिस्तार लगाइन् । आमाबाट आफ्नो हिम्मतको कदर स्वरूप स्यबास्सी पाउने आश गरेकी निशाले उल्टै आमाको गाली खाईन् । कारण थियो नेपाली समाज, नेपाली समाजमा चेली छोरीहरुलाई यस्तो घटनामा प्रतिकार नगर्नु भन्ने सिकाउने गरिन्छ । निशाकी आमाले पनि त्यही कुरा दोहोराइन् तर समाजमा यी यस्ता उद्दण्ड केटाहरुको विरुद्ध आवाज नउठाए यिनीहरुको मनोबल अझै बढ्ने र यो भन्दा ठुलो घटना गर्न पछि पर्दैनन् । नेपाली समाजलाई यस्ता कुरामा परिवर्तन गर्न अत्यन्त आवश्यक छ । नेपाली चेलीहरुलाई प्रतिकार गर्न सिकाएर उनीहरु कमजोर होइन आफ्नो सुरक्षा गर्न सक्षम छन् भन्ने कुरा सिकाउनु पर्छ ।
अनुराधा कोइराला, तसलिमा नसरिन र बेट्टी फ्रीडन जसले समाज परिबर्तनको लागि ठुलो भूमिका खेले र अन्तत सफलता हाँसिल गरे । कोहि पनि मानिस कमजोर हुदैन भन्ने निशाले यस्ता घटनालाई वास्ता गर्न हुन्न भन्ने सामाजिक बुझाईलाई स्वीकार गर्दिनन् तर जे होस् आफुले निडर भएर त्यसको सामना गर्दै आएको अनुभव सुनाउँछिन् ।
यिनकै बहादुरीबाट प्रभावीत भएर उनी आबद्ध भएको उज्यालो फाउन्डेसन नामक संस्थाले निडर नामको मोबाइल एप्सको विकास गरेको छ । कुनै महिला तथा युवती यी र यस्ता किसिमका हिंसामा परेका छन् भने यस एप्सको मद्दतले रिपोर्ट गर्न सक्ने छन् र आवश्यक सहयोग पाउन सक्ने छन् । समाजमा आफुले भोगेको हिंसालाई लुकाएर होइन अगाडी आएर हिम्मतका साथ सामना गर्न निशाले सम्पूर्ण नारीलाई आग्रह गरेकी छिन् ।
कुराकानीको अन्तमा फेरि एक पटक  निडरताका साथ मुस्कुराउँदै उनले भनिन्  – I could not teach them a lesson, They look terrified and shocked when I stopped my scooty and went towards them. I slapped him the on sitting behind.

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.