बिश्व क्रीकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्ध खेल्न बन्द पशिक्षणका लागि २४ खेलाडी छानिए

काठमाडौं  माघ २७,  विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्ध खेल्नका लागि बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट भएकाछन् । पारस खड्काको कप्तानीमा रहेको टोलीमा आरिफ शेख र आसिफ शेख दाजुभाइ नै परेका छन् । आरिफले यसअघि नै सिनियर टोलीबाट खेलिसकेका छन् भने, आसिफ यू १९ खेलाडी हुन् ।
त्यस्तै नयाँ सदस्यका रुपमा अमित श्रेष्ठ, दिलिप नाथ, कुशल भुर्तेल र दिपेन्द्र श्रेष्ठ आएका छन् । कुशल र दिपेन्द्र यू(१९ टोलीबाट हुन् भने अमित र दिलिपनाथ घरेलु प्रतियोगिता खेल्दै आएपनि सिनियर टोलीबाट खेलेका छैनन् ।
यस्तै यू(१९ मा उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिंह ऐरी पनि टोलीमा पर्न सफल भएका छन् । टोलीमा ज्ञानेन्द्र मल्ल, सुसन भारी, मेहबुब आलम, करण केसी, सागर पुन, भुवन कार्की, शरद भेषावकर, कुशल भुर्तेल परेका छन् ।
विक्रम शोव, शक्ति गौचन, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, बसन्त रेग्मी, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दिप लामिछाने पनि टोलीमा परेका छन् ।
राष्ट्रिय टोलीमा रहेर पहिले नै खेलिसकेका सुवास खकुरेल, नरेश बुढायर, अनिल मण्डल र पृथु बास्कोटा भने टोलीमा पर्न सकेनन् । यस्तै यू(१९ मा राम्रो प्रदर्शन गरेपनि ललितसिंह भण्डारी, सुशील कँडेल र सोनु तामाङ पनि टोलीमा परेनन् । २४ खेलाडीको बन्द प्रशिक्षण फागुन १ गतेबाट सुरु हुनेछ र अन्तिम १४ खेलाडी छनौट गरिनेछ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.