सर्लाहीस्थित आफ्नै निर्वाचन क्षेत्रमा कुटिए अमरेश सिंह, डुमरियामा भागाभाग

सिरहा, २८ माघ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा कुटिएका छन् ।
सर्लाहीस्थित निर्वाचन क्षेत्र नम्बर ६ मा निर्वाचित सांसद सिंह डुमरिया भन्ने गाउँमा कुटिएका हुन् । उनलाई संघीय समाजवादी फोरम नेपालका नेता शिवपुजन यादवले कुटेको स्रोतले बतायो ।
यादव क्षेत्र नम्बर ६ बाट फोरमका लागि उम्मेदवार थिए । उनले अमरेशसँग चुनावमा प्रतिस्पर्धा गरेका थिए । तर, पराजित हुनपुगे । घटनाको कारण खुल्न सकेको छैन् ।
तर, स्रोत भन्छ– ‘अमरेश आफू ठूलो हुन खोजेपछि, घमण्ड देखाएपछि आपसी विवादमा शिवपुजनको नेतृत्वमा फोरमका कार्यकर्ताले उनलाई कुटेका हुन् । कुटपीटपछि भागाभाग भयो ।’
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
अमरेशले ‘आईजीपी, डीआईजी मेरै हुन् । प्रचण्डलाई प्रधानमन्त्री पनि मैले नै बनाएको हो । के गर्नसक्छौं गर’ भन्दै फूर्ति लगाएपछि घटना भएको बताइएको छ ।
भारतका विश्वास पात्र अमरेशले यसअघि कैलालीको टीकापुरमा गएर ‘पहाडीलाई तराईबाट लखेट्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । त्यसको भोलिपल्टै टीकापुरमा एसएसपीसमेत मारिनेगरी अप्रिय घटना भएको थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.