फेसबुकले जुराएको सम्बन्धः माया, प्रेम र बिवाह, तीन महिनापछि आत्महत्या


भक्तपुर–सोलुखुम्बुकी कला र गोर्खाका रामबीच चिनजान गरायो फेसबुकले । गत कार्तिकमा सामाजिक संजालले जुराएको भेट क्रमशः एसएमएस, फोन र भेटघाट हुदैं बिवाहमा परिणत भयो । तर, यो माया छिटो बस्यो र चाडैं टुगिंयो ।
सोलुखुम्बुकी कला अध्ययनको लागि भन्दै काठमाडौं छिरिन् । गोखरा घर भएका राम घर नेपाली सेनाको कार्यरत छन् । राम काठमाडौंस्थित एउटा गणमा कार्यरत हुन् । गत साउनमा अध्ययनको लागि काठमाडौं आएकी कला मामाकोमा बस्थिन् ।

फेसबुकमा हुने घण्टौं च्याटिङले मात्र पुगेन यो जोडीलाई र फोनमै हराउन थाले । त्यसपछि दुई जनानै काठमाडौ भएकाले भेटघाट हुन् कुनै समस्या परेन् । त्यसको लागि कलालाई एउटा बहना र रामलाई एक दिनको छुट्टी आवश्यक थियो ।
कार्तिकमा जोडिएको सम्बन्धलाई उचाईमा पु¥याउन एउटा भेटनै काफी भयो । भर्खर जिन्दगीको १९ बसन्तमा पाइला चाल्दै गरेकी कलालाई देखपछि ३२ वर्षका राम हुरुक्कै भए ।

अब यो भेटपछि दुईजनाले जीवनको ठुलो निर्णय लिने अठोट गरे । मंसिरको १७ गते उनीहरुले बिवाह गरे । काठमाडौंबाट यो नवबिवाहित दम्पति कोठा खोज्न भक्तपुरतिर लागे ।
भक्तपुरको अनन्तलिङ्गेश्वर–१२ मा उनीहरुले कोठा पाए । जिन्दगीको नयाँ यात्रा सुरु गरेका यो जोडीको केही दिन त राम्रै बित्यो । तर, फेसबुकले जुराएको माया भेटपछि भएको बिवाह धेरै दिन टिकेन ।
क्यालेण्डरमा रातो लागेको दिन अनिर्वाय कोठामा आउनु पर्ने उर्दी कलाले रामलाई जारी गरेकी थिइन् । सेनाको जागिर सधै विदा नहुँने । तर, पनि कला भन्थिन् –‘अस्ती कहाँ गईस ? रामले महानगरिय प्रहरी वृत्त ठिमीमा प्रहरीसंग भने ‘हाम्रो यस्तै कुरामा झगडा हुन्थ्यो ।’

झगडा बिदाको बारेमा मात्र सीमित भएन् । कलाले रामलाई भनिन् ‘म त्यतिकै यो कोठामा किन बस्ने ? म साइप्रस जान्छु ।’ ‘मलाई ५÷६ लाख पैसा देउ’ यो माग उनले श्रीमानसँग गरिन् ।
सेनाको जागिर काठमाडौं बसाई यत्रो रकम जुटाउन रामलाई समस्या नै थियो । उनले प्रहरीलाई बयान दिदाँ भने–‘मैले यत्रो रकम दिन सक्दिनँ ।’

यहि फागुन २५ गते कलाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरिन् । उनको मृत्युपछि रामले प्रहरीसंग भनेका छन्, ‘कहिलेकाही झगडा हुन्थ्यो, तर उनले त्यस्तो गर्लिन जस्तो मलाई लागेको थिएन् ।’
सामाजिक संजालमा सम्बन्ध भएका यस्ता घटना अहिले नेपालमा धेरै हुने गरेका छन् । महानगरिय परिसर भक्तपुरको तथ्यांक अनुसार भक्तपुरमा साउन यता मात्र ३५ जनाले आत्महत्या गरेका छन् । जसमा २० जना पुरुष, १४ जना महिला र १ जना बालक रहेका छन् ।

(नाम परिर्वन गरिएको छ)

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.