नराम्रो कोलेस्टेरोल नियन्त्रण गर्ने १४ उपायहरु

कोलेस्टेरोल बढ्ने पहिलो कारण चिल्लो खाना हो । त्यसैले पहिला खानामा सुधार गर्नुपर्छ ।  फलफुल र सागसब्जिमा कोलेस्टेरोल नै हुदैन । दुध र दुधबाट बनेका पदार्थमा पनि कोलेस्टेरोल बढि हुने भएकाले यस्ता खाना पनि नियन्त्रण गर्नुपर्छ । कोलेस्टेरोल घटाउन मासु र अण्डाको प्रयोग पनि कम गर्नुपर्छ । कोलेस्टेरोल रगतमा जम्मा भएको बोसोको प्रकार हो । रगतमा आवश्यकता भन्दा बढी कोलेस्टेरोल जम्मा भएमा मुटुका धमनी साँघुरियर रक्तप्रवाहमा नै अवरोध हुन्छ । कोलेस्टेरोल दुई प्रकारका हुन्छन् । राम्रो र नराम्रो कोलेस्टेरोल । एचडिएल राम्रो र एलडिएल नराम्रो मानिन्छ । रगतमा एलडिएल कोलेस्टेरोल बढ्दै गए ह्दयाघातसम्मको जोखिम हुन्छ । कोलेस्टेरोलको मात्रा अत्याधिक बढी छ भने औषधि सेवन गर्नुपर्छ । कोलेस्टेरोलको मात्रा नियन्त्रणमा आएपछि औषधिको मात्रा घटाउदै गएर बन्द पनि गर्न सकिन्छ । नराम्रो कोलेस्टेरोल नियन्त्रण गर्ने उपायहरु :
मासु कम खानुहोस्

रातो मासुले कोलेस्टेरोलको मात्रा बढाउने भएकोले तपाईको भोजनमा मासुको प्रयोग कम गर्नुहोस । यदि मासु खानै पर्नेभए सेतो मासु खानुहोस । विफ, पोर्क र भेडाको मासु खान छोड्नुहोस । बरु माछा खानुहोस् ।
फाइबरयुक्त खानेकुरा

तपाईको दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुहोस् । यसले तपाईको कोलेस्टेरोलको मात्रालाई पाँच प्रतिशतले मात्र बढाउने सम्भावना हुन्छ । भोजनमा पर्याप्त फाइबर पाउनका लागि ब्रेकफास्टमा जौको रोटी खानुहोस । खानसँगै पर्याप्त मात्रामा सब्जी पनि खानुहोस् ।

नियमित कोलेस्टेरोल परीक्षण गर्नुहोस्

कोलेस्टेरोलको खतराबाट बच्नका लागि नियमित रुपमा परीक्षण गर्नुहोस । परीक्षणले खराब कोलेस्टेरोल खतराबारे तपाईलाई थाहा हुनुका साथै सुरक्षित र स्वस्थ रहन मद्दत मिल्छ । राम्रो र नियमित परीक्षणले कोलेस्टेरोलको अणुको पहिचान गर्न सहयोग मिल्छ ।

चिल्लो कम खानुहोस्

न्युन चिल्लोयुक्त भोजनले तपाईको शरिरमा कोलेस्टेरोल विकसित हुने खतरालाई न्यून पार्न सक्नुहुन्छ । भोजनमा पर्याप्त फलफुल र सागसब्जी समावेश गर्नुहोस । त्यस्तै बदाम र वियाँहरु पनि पर्याप्त खानुहोस । भोजनमा हुने तेलीय पर्दाथबाट सदा बच्नुहोस । नियमित भोजनमा प्रयोग हुने तेलको मात्रा घटाउनुहोस । सोयबिन, ल्वाङ लगायत सब्जीको तेल प्रयोग गर्नुहोस् ।

व्यायाम गर्नुहोस्

दैनिक तीस मिनेट व्यायाम गर्नुहोस । कोलेस्टेरोलबाट बच्ने एउटा प्रमुख उपाय व्यायाम पनि हो । किनकी यसले तपाईलाई स्वस्थ तौल राख्न पनि सहयोग गर्छ । मुटु रोगको खतराबाट बच्न दैनिक तालिकामा व्यायमलाई थप्नुहोस् ।

माछा खानुहोस्

माछामा कोलेस्टेरोल घटाउने प्रभावकारी तत्व हुन्छ । कोलेस्टेरोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नको लागि सातामा दुई देखि तीन पटक आफ्नो भोजनमा माछाको तेल वा माछाको परिकार खानुहोस ।

बदाम खानुहोस्

साँझ निकै भोकाउनु भएको छ भने अन्य अस्वस्थ खाना खानुभन्दा बदाम खानुहोस । बदामको नियमित सेबनले तल्लो मुटुको रोगलाई निको पार्छ । वदाम स्वस्थवर्दक मात्र होइन भोजनमा पूरकको रुपमा पनि काम गरेको हुन्छ ।

तौल कम गर्नुहोस्

कोलेस्ट्रोलबाट बच्न तौल कम राख्नु पनि उत्तिकै महत्व हुन्छ । तपाईको स्वस्थ तौल छ वा छैन बारम्बार परीक्षण गर्नुहोस । बढी मोटोपनले कोलेस्टेरोल निम्त्याउछ ।

हिड्ने बानी बसाल्नुहोस्

खुडकिलाहरु चढ्नुहोस् । जति तपाई हिड्नुहुन्छ त्यति बढी कोलेस्टेरोल हुने खतराबाट मुक्ति हुनुहुन्छ । शारिरिक गतिबिधिका लागि हिडडुल सबैभन्दा प्रभावकारी माध्यम हो । यो आफैमा सरल र सस्तो उपाय पनि हो । तसर्थ हिडेर नै छोटो दूरीमा कार्यलय वा अन्य गन्तव्यमा पुग्नुहोस् ।

कोलेस्टेरोलको शत्रु अन्डा

अन्डा कम खानुहोस । अन्डलाई मुटु र कोलेस्टेरोल रोगको मुख्य शत्रु मानिन्छ । तर, तपाईले आफ्नो भोजनमा अन्डाको परिकार समावेश गर्न सक्नुहुन्छ । तर, धेरै नमिसाउनुहोस । थोरै तेल प्रयोग गरेर मात्र अन्डा खानुहोस् ।

हरियो चिया खानुहोस्

यदि तपाई चियाको पारखी हो भने आजै देखि हरियो चिया खान सुरु गर्नुहोस । ग्रीन टिमा क्याटेचिनस नाम गरेको पर्दाथ हुनाले यसले कोलेस्टेरोललाई घटाउन सहयोग गर्छ । दीर्धकालिन स्वस्थ रहनका लागि पनि ग्रीन टी अचूक औषधी हो ।

साकाहारी भोजन

सकभर शाकाहारी खाना खानुहोस । कोलेस्टेरोलको खतरालाई न्यून गर्न पनि यो निकै प्रभाककारी उपाय हो । विभिन्न प्रकारका शागसब्जीले तपाईको स्वास्थ्लाई शसक्त पार्नुको साथै तपाईको शरिरमा भिटामिन, खनिज र अक्सिकरणबिरोधी तत्व प्रदान गर्छ ।

प्रर्याप्त सुत्नुहोस्

तपाई दैनिक रुपमा नियमित सुतेको सुनिश्चिता गर्नुहोस । पर्याप्त निद्राले शरिरको रोग निको पार्न सहयोग पु¥याउछ । यसले उच्च रक्तचापलाई सन्तुलन गर्नुका साथै तपाईको समग्र शारिरिक र मानसिक स्वास्थ्यमा सुधार आउछ । यसको अतिरिक्त पर्याप्त निन्द्राले कोलेस्टेरोलको खतरा घटाउछ ।

धुमपान त्याग्नुहोस्

कोलेस्टेरोल लगायत विभिन्न घातक रोगको प्रमुख कारण धुमपान हो । अत्यधिक पिउनाले एचडीएल कोलेस्टेरोलको मात्रा घटाउछ , यो मुटुको रोगका लागि एउटा प्रमुख खतरनाक तत्व पनि हो । तसर्थ यदि तपाई लामो समयसम्म स्वस्थ रुपमा बाँच्न चाहनुहुन्छ भने धुमपान त्याग्नुहोस् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.