डीआईजी जयबहादुर चन्दले बढुवाका लागि गुण्डानाइके संग हारगुहार , चन्द आईजीपी बने नेपाल प्रहरीको हालत के होला ?


काठमाडौँ । २०६९ साल वैशाख दोस्रो हप्तातिर अञ्चल प्रहरी कार्यालय भेरीको प्रमुख रहेका तत्कालीन एसएसपी जयबहादुर चन्द आकर्षक स्थान मानिने महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवाको लागि लबिङ गर्न काठमाडौं आए । सोही क्रममा तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारका छोरा सुवास गच्छदारसँग चन्दको भेटघाट तय भयो, स्थान थियो काठमाडौंको कमलादीस्थित रोयल सिङ्ग्घे होटल । भेटघाटको मध्यस्थता गर्ने व्यक्ति थिए, भारतीय जाली नोटको कारोबारीको आरोप लागेका रुपन्देहीका सुनिल रायमाझी । 
बन्ने मोलमोलाइ । करिब डेढ घण्टाको बसाइँमा भएको बार्गेनिङमा पचास लाख रुपैयाँ दिन चन्द राजी भए । तर चन्दले एउटा शर्त तेस्र्याए । ‘अहिले आधा व्यवस्था गर्छु, आधाचाहिँ त्यहाँ गएपछि दिन्छु ।’ मध्यस्थकर्ता सुनिलले जिम्मा लिने भएपछि सुवासले ओके गरे
 त्यसको करिब १० दिनपछि गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी मुख्यालयले एसएसपीहरुको सरुवा सूची निकाल्यो । चन्द काठमाडौं प्रहरी प्रमुखमा सरुवा भए । चन्द काठमाडौं प्रहरी प्रमुखको रुपमा हनुमानढोकास्थित कार्यालयमा हाजिर भएर कामकाज शुरु गरे । तर स्वार्थी स्वभावका उनले ‘खोलो त¥यो लौरो बिस्र्यो’ भनेझैं सुनिल रायमाझीलाई जमानी राखेर गृहमन्त्री पुत्रसँग गरेको वाचा बिर्सिए । उनले काम भएपछि आधा रकम दिन्छु भनेर वाचा गरेको २५ लाख रुपैयाँ दिन आलटाल गरे । काठमाडौं प्रहरी प्रमुख भएपछि चर्चित गुण्डानाइके गणेश लामा, क्यासिनो किङको रुपमा चिनिने बलराम सापकोटा ‘बले’लगायत विवादास्पद पृष्ठभूमिका व्यक्तिहरुसँग बाक्लो उठबस भयो । जुन उठबसको सिलसिला चन्द अपराध महाशाखाको एसपी हुँदा अपहरण मुद्दा लगाउने भन्दै लामा र सापकोटालाई पक्राउ गरेर बार्गेनिङ गरेर छोडेपछि सुरु भएको थियो । आर्थिक प्रलोभनमा महाशाखाका तत्कालीन प्रमुख एसएसपी तथा हालका एआईजी वीरेन्द्रबाबु श्रेष्ठलाई मिलाएर चन्दले लामा र सापकोटालाई सामान्य मुद्दा लगाएर उन्मुक्ति दिएपछि उनीहरुबीच दोस्ती सुरु भएको थियो । यता, चन्दले काठमाडौं प्रहरीको कमान्ड सम्हालेको ६ महिनाभन्दा बढी भइसकेको थियो भने उता गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त पाँच डीआईजी पदको लागि बढुवाको तयारी गरिरहेको थियो । उक्त पदको लागि चन्दकै ब्याचका एसएसपीहरु प्रतिस्पर्धामा लागिसकेका थिए । गृहले बढुवाको तयारी सुरु गरेको खबर पाउनासाथ चन्दले सुनिल रायमाझीलाई फोन गरेर बढुवामा सहयोग गर्न अनुरोध गरे । ‘दाइ तपाईंले वाचा गरेको पुरानै काम अहिलेसम्म गरिदिनुभएको छैन । सुवास र गृहमन्त्रीको निजी सचिवालयका सबैजना मसँग नेगेटिभ भएका छन्, प्लिज, मलाई यो बीचमा पार्ने काम नगर्नू’ रायमाझीले जवाफ फर्काए । रायमाझीको त्यस्तो जवाफ सुनेपछि तनावमा परे । तर गल्ती आफ्नै थियो । त्यसपछि उनी तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारसँग निकट व्यक्ति पहिल्याउन थाले । उनको नजरमा परे चर्चित गुण्डा नाइके गणेश लामा, जो गच्छदारको अत्यन्तै निकट थिए । चन्दले लामालाई गृहमन्त्रीसँग कुरा मिलाइदिन अनुरोध गरे, लामाले हुन्छ भनेर आश्वासन दिए । यसैक्रममा गणेश लामाका भाइ विनोद लामाको बिहेको कार्यक्रम तय भयो । दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा आयोजना गरिएको बिहे भोजमा गृहमन्त्री गच्छदार र चन्द निम्तालुको रुपमा त्यहाँ पुगे । भोज चलिरहँदा लामाले गृहमन्त्री गच्छदार र चन्दबीच भेटबार्ता गराइदिए । चन्दको बढुवाको लागि लामाले गरेको अनुरोधमा गच्छदारले ग्रीन सिग्नल दिएर बाहिरिए । त्यसपछि पुनः सुरु भएको थियो मोलमोलाइ । स्रोतका अनुसार वरीयतामा पछाडि रहेका चन्दले लामामार्फत आफूलाई एक नम्बरमा बढुवा गरिदिए पचास लाख रुपैयाँसम्म दिन आफू तयार रहेको सन्देश गच्छदारको निजी सचिवालयमा पु¥याइदिए । सचिवालयबाट जवाफ आयो, ‘पुरानै २५ लाख बाँकी छ, त्यो समेत आउँछ भने काम हुन्छ ।’ उक्त प्रस्तावमा चन्द पनि राजी भए, एक नम्बरमा बढुवा हुने लोभमा ब्रिफकेशमा हालेर लामामार्फत ७५ लाख रुपैयाँ दिए । तर लास्टमा धोका पाए । तत्कालीन गृहसचिव नवीन कुमार घिमिरे र प्रहरी महानिरीक्षक कुबेरसिंह रानाको अडानले उक्त ब्याचबाट नवराज सिलवाल एक नम्बर, प्रकाश अर्याल दुई नम्बर र चन्द तीन नम्बरमा बढुवा भए । पैसा बुझाउँदा पनि वरीयतामा पछाडि पारिएपछि चन्दले आफूमाथि ठूलो धोका भएको भन्दै गृहमन्त्रीपुत्र सुवास गच्छदारसँग गुनासो गरे । सुवासले सिधै जवाफ दिए, ‘तपाईंले पहिला धोका दिएको बिर्सनु भयो त ।’ पद र पदस्थापनलाई पैसासँग साट्दै आएका उनै चन्द नेपाल प्रहरीको २५औं महानिरीक्षक बन्ने दाउमा छन । शक्तिकेन्द्र रिझाउन कसैलाई घर किनिदिने आश्वासन त कसैलाई करोड, करोडका अफर गर्दै हिँडिरहेका चन्द नेपाल प्रहरीको आईजीपी बने भने नेपालको गुण्डाराज कति माथि पुग्ला ? त्यसको कल्पनासम्म गर्न सकिन्न । अपराध महाशाखामा कार्यरत रहँदा पक्राउ परेका अपहरणकारीबाट बरामद भएको रकम कुम्ल्याउनेदेखि पवन संघाइको प्रिकर्सर केमिकल काण्डमा के कति घुस लिएर मुद्दा कमजोर बनाए ? अपराध महाशाखा, काठमाडौं परिसरदेखि लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत रहँदासम्म मुद्दा कमजोर बनाइदिने शर्तमा थुनुवा र तिनका आफन्तसंग कसरी रकम असुले उक्त विषयमा छानबिन हुनु जरुरी छ ।(लाइट नेपाल बाट साभार)

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.