यस्ता छन् खाडी मुलुकमा नेपाली श्रमिकको मिर्गौला बिग्रिने कारण

दैनिक हजारौँको संख्यामा नेपाली युवा रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् । खाडीमा कैयौँ नेपाली कामदारको विभिन्न स्वास्थ्य समस्याले ज्यान लिने गरेको छ । यसमध्ये एउटा प्रमुख समस्याको रूपमा देखिएको छ, मिर्गौला बिग्रिनु । मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पताल आउनेमध्ये खाडी मुलुकमा रोजगारी गरेर फर्किएका बढी छन् । खाडी मुलुकमा काम गर्ने नेपालीको मिर्गौला बिग्रिने कारणबारे डा. विष्णु पहारी भन्छन्ः
—खानपानमा ब्यालेन्स नभएर समस्या भइरहेको अवस्थामा धूम्रपान बढी गर्ने व्यक्तिलाई मिर्गौलारोगको खतरा बढी हुन्छ । मिर्गौलारोग लागिसकेपछि यसको उपचार महँगो भएकाले विदेशमै रहे पनि समय–समयमा मिर्गौला परीक्षण गराउनुपर्छ ।
—खाडी मुलुकमा काम गर्ने व्यक्तिले मिर्गौला स्वस्थ राख्न दिनमा कम्तीमा तीन लिटर पानी पिउनैपर्छ । शरीरले थप पानीको आवश्यकता महसुस गरे पूर्ति पर्याप्त गर्नुपर्छ । त्यसैगरी मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिको मिर्गौला बिग्रिने सम्भावना बढी भएकाले सन्तुलित राख्नुपर्छ ।
—मोटोपनले पनि मिर्गौलामा समस्या ल्याउन सक्छ । काम गर्ने, तालिका नमिलाई टन्न खाने र सुत्ने बानीले मोटोपन निम्त्याउन सक्छ । त्यसैले विदेशमै भए पनि पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ । बिहान या बेलुका कम्तीमा ३०–४५ मिनेट हिँडडुल अनिवार्य गर्नुपर्छ ।
—मिर्गौलारोगको उपचार सम्भव नभए अर्को विकल्पको रूपमा प्रत्यारोपण गर्नुपर्छ । प्रत्यारोपणपछि खाने औषधि र प्रत्यारोपणअघिको डायलाइसिस खर्चसमेत सामान्य नेपालीले धान्न सक्ने छैन । त्यसैले रोग लागेर उपचार गर्नेभन्दा समयमै ख्याल पु¥याउनु बुद्धिमानी मानिन्छ ।
—नेपालमा कुल जनसंख्याको १० देखि १३ प्रतिशत अर्थात् २७ लाख मानिसमा मिर्गौलासम्बन्धी समस्या भएको अनुमान गरिएको छ । त्यसमा पनि आधाभन्दा बढी मानिस अत्यधिक श्रम गर्ने तर स्वास्थ्यप्रति ध्यान नदिएकै कारण मिर्गौलासम्बन्धी समस्याबाट पीडित भएका छन् ।-नयाँ पत्रिका दैनिक वाट 

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.