महिला सांसदलाई शिक्षकले यौन प्रस्ताव गरेपछि…

एजेन्सी । एक महिला सांसदले आफूमाथि शिक्षकले राम्रो नम्बर दिने प्रलोभन देखाउँदै यौन प्रस्ताव राखेको खुलासा गरेकी छन् ।
यो घटना बेलायतको हो । जहाँ विपक्षी लेबर पार्टीकी प्रमुख सांसदले ‘दशकौं पहिले आफू यार्क विश्वविद्यालयको विद्यार्थी हुँदा भारतीय मुलका एक प्रोफेसरले तिमी यौन सम्बन्धका लागि राजी भए धेरै ग्रेड प्राप्त हुने’ भन्दै प्रस्ताव राखेको खुलासा गरिन् ।
ब्रिटेनमा लगातार सबैभन्दा बढी समय साँसद भएकी महिला हैरिएट हारमनले आफ्नो नयाँ आत्मकथा ‘अ विमिन्ज वर्क’ मा यो कुरा उल्लेख गरेकी छन् । उनको आत्मकथा अनुसार १९७० को दशकमा यूनिभर्सिटीमा भारतीय मूलका शिक्षक टीबी सत्यमूर्ति उनलाई राजनीतिशास्त्र पढाउँथे । त्यही क्रममा उनलाई प्रोफेसरले यदि आफूसंग यौन सम्बन्धका लागि तयार भए धेरै ग्रेड (नम्बर) दिन्छु भनेर प्रस्ताव राखेका थिए ।
हैरिएटले आफ्नो आत्मकथामा लिखेकी छन्, ‘यर्कमा आफ्नो समयको अन्तिम दिन मेरा शिक्षकहरुमध्ये एक टीवी सत्यमूर्तिले मेरो फाइन डिग्रीको बारेमा कुरा गर्नका लागि मलाई बोलाए । उनले मलाई भने कि तिमी २ः१ र २ः२ को बीच बर्डरलाइनमा छौं, तर यदि तिमी मसंग यौन सम्पर्कका लागि तयार हुन्छौं भने निश्चित रुपमा यो २ः१ हुनेछ ।
दक्षिण पूर्व लण्डनमा १९८२ बाट लगातार सांसद भएकी ६८ वर्षीय हैरिएटले प्रोफेसरको यस्तो प्रस्तावले आफूलाई घृणा लागेको बताएकी छन् । उनको आत्मकथा विहीबार नै प्रकाशित भएको छ ।
चेन्नईमा १९२९ मा जन्मेमा सत्यमूर्तिले बनारस हिन्दू विश्वविद्यालयबाट शिक्षा ग्रहण गरेका थिए । उनी अमेरिका गए । पछि ब्रिटेन गएर उतै बसे । कैयौं किताबहरुका लेखक सत्यमूर्तिको निधन १९९८ मा भएको थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.