जर्सी सिटी मेयरद्वारा बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त

जर्सी सिटी, न्यू जर्सी, अमेरिका । अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेफन फुलपले एक एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् ।
१२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ एशियन कम्यूनिटीबाट डा परियारलाई नियुक्त गरिएको हो । जर्सी सिटी शहरमा साँस्कृतिक, भासिक, लैंगिक र क्षेत्रको आधारमा हुने विभेदको अन्त गर्न अफिस अफ डाईभर्सिटी तथा ईन्क्लुसन अन्तर्गत उक्त सल्लाहकार बोर्ड स्थापना गरिएको जनाईएको छ ।
द्वारा जारी विज्ञप्तिमा भनिएको छ
दुई वर्षको पदावधी रहेको उक्त सल्लाहकार बोर्डको को–चेयारमा काउन्सिल पर्सन एट–लार्ज जोएस वाटरम्यान र प्रमुख डाईभर्सीटी अफिसर रेगिनाल्ड मेकारीया नियुक्त गरिएका छन् भने मेयरद्वारा नियुक्त सल्लहाकार सदस्यहरुमा माईकल काबिली, अलेक्जाण्डर मागालोन, डेभिड ए रोसेन, चिपो साचिरार्वे र डा बिष्णुमाया परियार रहेका छन् । अन्य सदस्यहरुमा एक्स्–अफिसियो मेम्बर र सिटीको बिभिन्न बिभागका प्रतिनिधिहरु रहनेछन् । डा परियार एड्वान संस्थाकि संस्थापक अध्यक्ष हुन् । उनी हाल जर्सी सिटीस्थित केयर पोईण्ट हेल्थ ग्रुप संस्थामा घरेलु हिंशा र साउथ एशियन कम्यूनिटी हेर्ने आउउटरिच को–अर्डिनेटर छिन् ।
डा परियारको संस्था एड्वानले नेपालका दलित र सिमान्त्कृत समुदायका महिला र बालबालिकाहरुको सशक्तिकरण र शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप अमेरिकाकै जर्जिया राज्यको लुइसभिल शहरका मेयर ग्रेग फिसरले सन् २०१५ मा सेप्टम्बर २७ तारिखलाई ुडा। बिष्णु माया परियार डेु घोशणा गरेका थिए । मेयर फुलपले सन् २०१५ को जुलाई २४ तारिख डा। परियार संस्थापक अध्यक्ष रहेको वोमन फर कज संस्थालाई जर्सी सिटी काउन्सिलबाट नेपालमा गएको महाभूकम्पबाट प्रभावित नेपालीहरुको लागि टिपिएस प्रस्ताव पारित गर्न अहम भूमिका खेलेकोमा सिटी प्रोक्लेमेसनद्वारा कदर गरेका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.