डिभी परेर अमेरिका पुगेका नेपाली युवाको बिचल्ली


न्युयोर्क, २७ माघ । डिभी चिट्ठा परेर अमेरिका आइपुगेका एक युवक बिचल्ली परेका छन् ।
कास्की ढिकुरपोखरीका खेम अधिकारी अमेरिकामा अलपत्र परेका हुन् । अलपत्र भएपछि उनले १२ दिनदेखि बाल्टिमोरको कोड ब्लु सेल्टरमा आश्रय लिइरहेका छन् । उनी गत अक्टोवरमा डिभी परेर अमेरिका पुगेका थिए ।
निकै ठूलो ठूलो सपना देखेर अमेरिका आइपुगेका पनि उनको सपना यतिबेला तुषारात भएको छ । अमेरिका आइपुगेका अधिकारी सामान्य अपांग समेत छन् । उनले एउटा आँखा राम्रोसँग देख्दैनन् । अंग्रेजी समेत राम्रोसँग बोल्न जान्दैनन् । नेपाली दूतावासलाई उद्दारका लागि अनुरोध गर्दा समेत सहयोग नगरेको उनको गुनासो छ । आफूसँग नेपाल फर्कने पैसा समेत नभएको उनले बताएका छन् ।
सुरुमा नेपालीहरुकै सहयोगमा पेन्सेल्भेनियाको आँगन रेष्टुरेन्टमा काम पाए पनि उनी धेरै समय टिक्न सकेनन् । धेरै नेपालीहरुले बोलाउँदै कामबाट निकाल्ने गरेको उनको गुनासो छ । नेपालीहरुकै सहयोगमा सेल्टरमा पुगे पनि आफू नेपाल फर्कन चाहेको उनले बताएका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.