साझाले नेपालमै पहिलोपटक’सेमी लो फ्लोर’ बस गुडाउँदै,के हो सेमी लो फ्लोर बस ?

काठमाडौं,फागुन १- साझा यातायातले नेपालमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस गुडाउने भएको छ । अपाङ्गमैत्री बस गुडाएर चर्चामा आएको साझा यातायातले नेपालमा पहिलोपटक सजिलो गरि चढ्न मिल्ने अत्याधुनिक सुविधासम्पन्न सेमी लो फ्लोर मोडलको बस ल्याउने लागेको हो । ११ वटा बसको मूल्य पाँच करोड रुपैयाँ पर्ने साझाको अनुमान छ । समथर सडकमा मात्र चल्ने जान मोडलको बसका लागि साझाले आइतबार टेण्डर आह्वान गरेको छ । ६ महिनामा साझाले १० वटा डिलक्स बस सहित एउटा सेमी लो फ्लोर बस ल्याउन लागेको साझाका प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेले जानकारी दिए । ‘साझाले सेमी लो फ्लोर र डिलक्स बसका लागि टेण्डर आह्वाहन गरिसकेको छ’ , उनले भने, ‘ करिब ६ महिनामा साझाका बस काठमाडौं आइसक्छन् भन्ने आश गरिएको छ ।’ के हो सेमी लो फ्लोर बस ? सेमी लो फ्लोर सको ग्राउण्ड क्लेयरेन्स एकदमै कम हुन्छ । त्यसैले एकदमै मिलेको र समथर सडकमा मात्र यो बस चल्छ । यो बस समान्यभन्दा बढी महंगो हुन्छ । यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई कुनै लिफ्टको जरुरत पर्नेछैन । साझाले अहिले ल्याएको बसमा म्यानुअल लिफ्ट छ । जसमा अपाङ्गता भएका व्यक्तिहरुलाई चढाउने र ओराल्ने समयमा समयमा मान्छेले मेहेनत गरेर जोड्न्पर्छ । तर, लो फ्लोरको बसमा भने चढ्न ओर्लन कुनै असहज हुँदैन । समान्य बसमा कम्तिमा ९ सय मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स हुन्छ । कतिपयमा त त्योभन्दा पनि उच्च हुन्छ । तर, लो फ्लोरको बसमा ४ सय मिलिमिटरको क्लेयरेन्स हुन्छ । यस्ता बस सुविधासम्पन्न र उत्तिकै आरामदायी पनि हुन्छन् । तर, चल्नका लागि भने खाल्डाखुल्डी र उबडखाबड नभएको चिल्लो सडक चाहिन्छ । प्राविधिक भाषा अनुसार बसको खुड्किलोको पहिलो तल्लालाई ‘ई’ भनिन्छ । यो जमिन सतह भन्दा चार सय एमएमको उचाईंमा हुन्छ । हाल नेपालमा चल्ने सामान्य बसका धरातल जमिनको सतहभन्दा दुई वटा खुड्किलो सहित नौ सय एमएमको दुरीमा हुन्छ भने डिलक्स बसमा तीन वटा खुड्किलो तथा धरातलसम्म एक हजार एक सय ५० एमएमको दुरी हुन्छ । लो फ्लोर बसमा यो दुरी जम्मा ६ सय ५० एमएम हुन्छ । यसको ढोका पनि फराकिलो हुन्छ । १२ मिटर लामो यस बसमा धेरै यात्रुहरु अटाउन मिल्ने हुन्छ । ह्विल चियर प्रवेश गर्न मिल्ने यो बस अपाङ्गमैत्री छ । (recent नेपाल को सहयोगमा )

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.