युद्ध सुरु हुनुअघि नै विरोधी देशको ४०० विमान ध्वस्त पार्ने देश

२ फागुन, एजेन्सी ।
मुस्लिम राष्ट्रहरुमा सबैभन्दा कट्टर देश मानिने इजरायलले आफ्नो वायुसेनाको लागि हालै एक घातक विमान थपेको छ। यो फाईटर विमान एक आधुनिक एफ ३५ जेट  हो । यसले रातको समयमा पनि हजारौ मिटर उचाइबाट निशाना लगाउन सक्छ ।
इजरायललाई आजभन्दा पचास वर्ष पहिले देखि नै एयरफोर्समा अगाडि रहेको मुलुक मानिन्छ । यसले ६ दिनमा एकैपटक ८ देशलाई हराएर युद्ध जितेको इतिहास छ ।
यतिमात्र कहाँ हो र, सन् १९६७ मा इजिप्टका राष्ट्रपति अव्दुल नासिरले अरवले इजरायलको विनाश गर्दैछ भनी घोषणा गरेका थिए । त्यसपछि वर्षको अन्त्यमा इजिप्ट र जोर्डनविच एक सम्झौता भयो जस अन्तर्गत कुनै एक देशमा आक्रमण भए अर्कोले साथ दिने सहमति भएको थियो।
इजिप्ट र इजरायलबीच युद्ध सुरु भयो तर यी दुई देशको सीमा भएको युद्ध अन्तत: अरब देशहरुसम्म फैलियो। इजिप्ट र इजरायलबीच भएको युद्धमा इजरायलविरुद्ध जोर्डन, इजिप्ट, इराक, कुवेत लगायत ८ देश युद्धमा सहभागी थिए ।
‘जुन- 5’ को नामले समेत चिनीने यस युद्धमा जुन -५ को दिन युद्ध सुरु हुनुअघि  नै इजरायली एयरफोर्सले इजिप्टका ४०० वटा फाइटर विमानलाई एकैपटक जमिनमै ध्वस्त पारिदिएको थियो । इजरायलको यस्तो शक्ति देखेर अन्य देश डराए। यसपछि इजरायलले अन्य देशमाथी पनि भीषण आक्रमण गरेपछि  युद्ध ६ दिनमै सकिएको थियो।
यस युद्धमा इजरायलको तर्फबाट करिब १ हजार सैनिक मारिएका थिए। इजिप्टका १० देखि १५ हजार सैनिक मारिएका थिए। त्यस्तै जोर्डनका ६ हजार र सिरियाका करिब एक हजार सैनिक यो युद्धमा मारिएका थिए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.