वीरगञ्जमा अस्पतालबाट चोरिएको बच्चा भेटियो



काठमाडौं– नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जबाट चोरी भएको नवजात शिशु फेला परेको छ। गत शुक्रवार वीरगञ्ज छपकैया–२ निवासी आशा देवीको छोरा जन्मिएको केही समयपछि एक महिलाले चोरी गरेर फरार भएकी थिइन् । प्रहरीले पर्सा जिल्लाको मिलनचोक गाविसस्थित एक घरमा बच्चा फेला पारेको हो । बच्चा चोरी भएपछि जिल्ला प्रहरी कार्यालय पर्साको अगुवाईमा खोजी कार्य तीव्र बनाइएको थियो । अस्पतालमा भेट्ने बहानामा पुगेकी एक अपरिचित महिलाले बच्चा लिएर भागेकी थिइन्। आमा आशा देवीको उपचार भइरहेका बेला आफन्तलाई पाउरोटी किन्न पठाएर उनले बच्चा लिएर हिँडेको बताइएको थियो । । प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.