सिके राउतलाई तत्काल रिहा गर्न मानवअधिकारवादीको आग्रह


काठमाडौं ।नेपाल मानवअधिकार संगठन (हुरोन) ले वक्तव्य जारी गर्दै सिके राउतलाई तत्काल रिहा गरि वार्ता गर्न आग्रह गरेको छ ।
मानवअधिकार संगठनका अध्यक्ष अधिवक्ता इन्द्रप्रसाद अर्यालले संगठनका तर्फबाट शुक्रबार नै निकालिएको वक्तव्यमा सिके राउत ‘मधेसको अधिकारका लागि आन्दोलन गरिरहेका’ व्यक्ति भनिएको छ ।
राष्ट्रिय अखण्डताविरोधी गतिविधि सञ्चालन गरेको आरोपमा पक्राउ परेका राउतलाई रिहा गरी प्रभावकारी वार्ता थाल्न वक्तव्यमा आग्रह गरिएको छ ।
विगतमा यसैगरी लण्डनस्थित एमनेष्टी इन्टरनेशनलले राउतको पक्षमा वक्तव्य निकालेको थियो । सो वक्तव्यको नेपालका मानवअधिकारवादीहरुले विरोध गरेका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.