श्रीमान विदेश हुँदा भएकाे अबैध सेक्स सम्बन्धमा एमाले नेता

काठमाडौं, २७ माघ । खोटाङको दिक्तेल बजारमा एक महिलालाई गाँउका पाँच पुरुषले पालैपालो यौनसम्बन्ध राखेर पारिवारिक सम्बन्ध भताभुङ्ग पारेका छन् ।
श्रीमान विदेशमा भएकी देऊ कुमारी आर्चायसँग गाँउकै ५ पुरुषले यौनसम्बन्ध राख्दा गर्भवती भएपछि उनको परिवारीक सम्बन्ध भताभुंग भएको हो । विदेशमा रहेका महिलाका श्रीमान घर आउँदा शंका लागेर स्वास्थ्य संस्था जाँदा उनी गर्भवती भएको खुलेको थियो । अवैध सम्बन्धबाट पाँच महिनाअघि गर्भवती बनेकी महिलाका श्रीमानले घरबाट निकालिदिएपछि अहिले महिलाको बिचल्ली भएको छ ।
आफुमाथी श्रीमान नभएको बेला पाँच जना गाँउकै स्थानीयले शारिरिक सम्बन्ध राख्ने गरेको भन्दै महिलाले जवरजस्ती करणी गरेको भन्दै अहिले आफ्नै जेठाजु र ससुराको नाममा लिखित जाहेरी दिएकी छन् ।  प्रहरीमा २ जनाविरुद्ध करणीको आरोपमा लिखित जाहेरी दिएकी देऊ कुमारीले गाँउसमाज भेला हुदाँ भने अन्य ३ जना समेतसँग नियमित शारिरिक सम्र्पक राख्दै आएको खुलेको छ ।  महिलाका अनुसार पति बिदेश गएपछि उनलाई लगातार स्थानीय ५ पुरुषले करणी गर्दै आएका थिए । उनीहरुमध्ये ४ जना आचार्य थरका र बाँकी १ जना परियार थरका रहेको उल्लेख गरेकी छन् ।
माघ ११ गते प्रहरीमा दिएको उजुरीमा श्रीमानले महिनावारी रोकिएको थाहा पाएपछि साढे ४ महिनामा (भदौ १५ गते) आफ्नै जेठाजु ससुरा पर्नेबाटै देउकुमारी गर्भवती भएको खुलेपछि परिवार छाँगाबाट खसेजस्तो भएको थियो । दुई जना आचार्य, एक जना रायमाझी र एक जना परियार थरका पुरुषसँग शारीरिक सम्बन्ध राखेको महिलाले बताएकी थिइन् । गाउँलेले आचार्यद्वय, रायमाझी र परियारसँग सोधपुछ गरेका थिए । पाँच जना दोषी देखाएकी महिलाले अन्तमा तीन जनालाई छोडेर दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा हाड्नाता करणीमा जाहेरी दिनुलाई स्थनीयले भने राजनीतिक आडमा दोषी उम्काउने प्रयास भएको बताएका छन् ।
गाँउकै एक एमाले नेताको पहलमा सबै आरोपीबाट डेढ–डेढ लाख रकम उठाउने र घटनालाई सेटल गर्ने तयारी भएका बेला आरोपित मध्ये एकजनाले असहमति जनाएपछि उनै बिरुद्ध उजुरी गर्न लगाएर स्थानीय एमाले नेताले आफ्नो मान्छे भगाएको स्थानीयको आरोप छ । तर खोटाङ प्रहरी मुद्दा शाखाका प्रहरी सहायक निरिक्षक मनोज कुमार यादवले भने आफुहरुले लिखित जाहेरी हेर्ने भएकाले उजुरी परेकाहरुलाई अदालतमा पेश गर्न लागेको जानकारी दिए ।
गर्भको विषयलाई लिएर गाउँमा भएको छलफलमा महिलाले दिक्तेल बजारका नेकपा एमाले निकट खत्री थरका एक पुरुषलाई दोषी देखाएकी थिइन् । खत्रीले यौन सम्पर्क राखेको स्वीकार गरेका थिए । पछि उनी एमाले जिल्ला नेतृत्वको योजनाअनुसार परिवार नियोजन गरिसकेकाले गर्भ आफ्नो नभएको भन्दै पन्छिन खोजेका थिए । एमाले खोटाङका स्थानीय नेताको सल्लाहअनुसार आफु बन्ध्याकरण गरेको बताएर गाउँबाट भागेको स्थानीयको आरोप छ । खत्री भागेपछि महिलाले अन्य चार जना दुई जना आचार्य, एक जना रायमाझी र एक जना परियार थरका पुरुषसँग शारीरिक सम्बन्ध राखेको बयान दिईन । तर महिलामाथी स्थानीय राजनीतिक दलको दबाब परेपछि पाँच जना दोषी देखाएकी महिलाले अन्तमा दुई आफ्नै ससुरा र जेठाजुबिरुद्ध प्रहरी कार्यालय खोटाङमा हाड्नाता करणीमा जाहेरी दिएकी हुन् ।
सोही जाहेरीका आधारमा प्रहरीले नरनाथ आचार्य र जंगप्रसाद आचार्यलाई माघ ११ गते पक्राउ गरेको छ । नरनाथमाथि पुस ३ गते र जंगप्रसादमाथि भदौ १५ गते जर्बजस्ती करणी गरेको उल्लेख छ । उनीहरुलाई थुनामा राखेर प्रहरीले अभियोगको अनुसन्धान गरिरहेको छ । धेरै जना परपुरुषसँग सम्पर्क राखेको देखिएपछि महिलालाई परिवारले घरबाट निकालेको थियो । आरोप लागेको मितिमा आरोपित मध्येका एकजना नरनाथ दिक्तेलमै नरहेको आफन्तको दाबी छ टिभि अन्नपुर्णमा समाचार छ ।
‘नाम नभनौँ, एमाले पार्टीका जिम्मेवार नेता यसमा संलग्न छन यहाँ सबैलाई थाहा छ, स्थानीय रमेश आचार्यले भने, ‘नेताका आफन्त पर्ने देखिएपछि त्यो खेलमा सोझासिधालाई फसाउने षड्यन्त्र भएको छ । आचार्यका अनुसार घटनामा आफ्ना ज्वाइँ (खत्री) संलग्न देखिएपछि त्यसलाई ढाकछोप गर्न स्थानीय एमाले नेता कुमार आचार्यले खत्रीलाई भगाएर निर्दोष रहेको भन्दै डेढ लाख दिन अस्वीकार गर्ने नरनाथलाई फँसाइदिएको स्थानीय भगिरथ पौडेलले बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.