बिहेको बाजा सुन्दासुन्दै १२ वर्षीय किशोरको मृत्यु



महोत्तरी जिल्लाको सुगा गाउँमा बिहेको बाजा सुन्दासुन्दै एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ। सोमबार राति गाउँमा दुईवटा बिहेमा ठूलो आवाजमा बाजा बजाएर नाचगान गरिरहेको बेला सोही नाचगान हेर्न घरबाहिर निस्केका किशोर अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु भएको चिकित्कसले बताएका छन्। डिजे बाजाको चर्को आवाज सुनेर बेहोस भई घर अगाडि लडेका किशोर अन्सारीलाई उपचारका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.