१२ केजी वजन भएका शिक्षक कृष्णप्रसाद पौडेल सम्मानित

२६ माघ, काठमाडौं।
रिपोर्टर्स क्लब नेपालले अर्घाखाँची जिल्ला ठूला पोखरा वडा नं. २ का ६३ वर्षीय शारिरिक अपांगता भएका कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ।
बुधबार काठमाडौंस्थित् रिपोर्टर्स क्लबको मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरेर पौडेललाई सम्मान गरिएको हो।
अर्घाखाँचीमा शिक्षाको ज्योति फैलाएर झण्डै चार दशकसम्म शिक्षण पेशामा सक्रिय रहेर अनुकरणीय काम गरेको भन्दै उनलाई महिला, वालवालिका तथा समाज कल्याण मन्त्री कुमार खड्का, पूर्वउपप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा टिका, खादा तथा टोपी लगाएर सम्मान गरेका थिए।सम्मानित व्यक्तित्व पौडेल जन्मदा तन्दुरुस्त र पाँच कक्षासम्म दर्शनानन्द योगीको सहयोगमा अध्ययन र स्वास्थ्य ठीक थियो। उनलाई ११ वर्षको उमेरमा एक्कासी ज्वरो आएको र रोगले च्याप्दै जाँदा अवस्था जटिल र बनेको र शारिरिक रुपमा अहिले खुट्टा खुजिए र हातपनि उस्तै छन्। उनको वजन अहिले १२ किलो छ।
पौडले शारिरिक रुपमा अशक्त रहेपनि साना बालबालिकाहरुलाई चार दशकभन्दा बढि समय शिक्षण कार्यमा समय व्यतित गरेका थिए। तर अहिले आएर बाँच्नको लागि संघर्षरत छन्।
उनकै प्रयासमा वि.सं. २०३१ देखि २०४० सम्म चौरमै बसेर र उनकै अथक प्रयासमा २०४२ सालमा त्यहाँ भगवती प्रा.वि. को स्थापना गरेर त्यहाँ ४२ वर्षसम्म पढाएका थिए। विशेषगरि उनको खानेनली सुक्दै गएको छ र यसको उपचारको लागि उपकरण राख्नुपर्ने यसको लागि करिब ८० हजार रुपैयाँ लाग्ने हुँदा सहयोगको लागि सरकारसामू आग्रह समेत गरिएको छ।
पौडेलले बाँच बचाउ, र केही गर भन्ने नारा बोकेका छन्। शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको वापत नेपाल सरकारले २०६७ जेठ १६ गते जनसेवाश्रीको मानपदवीमा सम्मान गर्ने घोषणा समेत गरेको थियो, तर त्यो पनि अहिलेसम्म पाएका छैनन्। अहिले उनको बाँच्ने आधार नभएको र राज्यले उनलाई उचित व्यवस्थाका साथ आजिवन न्यूनतम भत्ताको व्यवस्था र यस्तो अवस्थामा पनि उनको योगदानलाई मुल्यांकन गरि गीनीज बुकमा रेकर्ड राख्ने ईच्छा गरेका छन्।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.